ग्लोबल आइएमई र रेडियन्ट लाईफ केयर बीच सम्झौता

ग्लोबल आइएमई बैंक लि. र भारतको रेडियन्ट लाईफ केयर प्रा. लि द्धारा संञ्चालित नयाँ दिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावतीसुपर स्पेस्यालिटी हस्पिटल बीच बुधबार सम्झौता भएको छ ।

बैंक र संस्थाहरु बीच हस्पिटलहरुले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौपत्रमा हस्ताक्षर भएको हो । बैंकले रेडियन्ट लाईफ केयर प्रा. लि.सँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुई पक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा रेडियन्ट लाईफ केयर प्रा. लि का व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र ग्लोबल आइएमईका तर्फबाट सहायक महाप्रबन्धक आरतीराज्यलक्ष्मी राणाले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना ग्राहकहरु लाई बैंकिङ्ग सेवाको अतिरित्त mअन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समय देखि विभिन्न संस्था सँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार