IME Life

३०० प्रतिशत हकप्रद अनुमति लिन पुग्यो एभरेष्ट इन्स्योरेन्स धितोपत्र बोर्ड , कस्तो छ कम्पनी हेरौ कम्पनी विश्लेषण

SPIL
NIC ASIA

कम्पनीको प्रकार: निर्जीवन बीमा

Symbol: EIC

Prabhu
Crest

प्रधान कार्यालय : हात्तिसार, काठमान्डौ
सेयर रजिष्ट्रार : एनएमबी क्यापिटल

वेबसाईट : www.everestinsurance.com

पूँजी वृद्धिको अवस्था 

आवश्यक न्युनतम चुक्ता पुँजी : १ अर्ब
हाल रहेको पुँजी : २७ करोड ३९ लाख
वृद्धि गर्नु पर्ने पुँजी : ७२ करोड ६० लाख
वृद्धि गर्नु पर्ने पुँजी प्रतिशत : २६५ प्रतिशत
प्रस्तावित हकप्रद पछि कम्पनीको कायम हुने पुँजी : १ अर्ब ९ करोड
आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव : अझै बाँकी छ

प्रमुख गतिविधि :

एभरेस्ट इन्स्योरेन्स ३०० प्रतिशत हकप्रद शेयर बिक्री गर्नका निमित्त धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले केही समय अघि १०५ प्रतिशत सस्थापक हकप्रद शेयर बिक्री प्रक्रिया सम्पन्न गरे पश्चात सो हकप्रद शेयर नेपाल स्टक एक्चेञ्जमा सुचिकिकरण गरिसकेको छ । सस्थापक र साधारण शेयरको अनुपात ५१ बराबर ४९ कायम गर्न कम्पनीले यस अघि १०५ प्रतिशत सस्थापक हकप्रद शेयर निष्काशन गरेको थियो । १०५ प्रतिशत सस्थापक हकप्रद पश्चात अहिले कम्पनीको पूँजी २७ करोड ३९ लाख रहेको छ ।

धितोपत्र बोर्डमा अनुमतिका लागि पुगेको ३०० प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ९ करोड पुग्ने छ । धितोपत्र बा‘र्डले अनुमति दिए पश्चात कम्पनीले बुक क्लोग गरी हकप्रद बिक्री खुला गर्ने छ ।

एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :

*कम्पनीले १०५ प्रतिशत सस्थापक हकप्रद शेयर निस्काशन गरिसकेकोले सो हकप्रद शेयरलाई पुँजीमा समावेश गरेर प्रति शेयर आम्दानी गणना गरिएको छ ।

एभरेस्ट  इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा २ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा २ करोड ३७ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ६ प्रतिशतले कम भएको छ ।

  • इन्स्योरेन्सको जगेडा कोषको आकार ५६ प्रतिशतले वृद्धि भएर १२ करोड ३३ लाख पुगेको छ ।
  • कम्पनीको बीमा कोष १२ प्रतिशतले वृद्धि गरेर २० करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
  • कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ३८ करोड ९८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा
  • शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ४६ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा १९४ प्रतिशतले वृद्धि भएर १८ करोड ८० लाख पुगेको छ ।
  • यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ३३२ प्रतिशतले वृद्धि भएर १६ करोड ७५ लाख रहेको छ भने खुद दावी
  • भुक्त्तानी ४ करोड २३ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा १४८ प्रतिशतले धेरै हो भने ३९ करोड ७३ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीको प्रति शेयर आम्दानी ४८ प्रतिशतले कम हुँदै १८ रुपैयाँ ३६ पैसा रुपैँया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ३५ रुपैयाँ ५७ पैसा थियो ।

निष्कर्ष :

कम्पनीले ३०० प्रतिशत हकप्रद पश्चात आफ्नो १ अर्ब पुँजीको लक्ष्य हासिल गर्दै छ। कम्पनीले  पूँजी वृद्धिको क्रममा निकै आक्रामक रुपमा हकप्रद शेयर निस्काशन गरेको छ । जसले गर्दा कम्पनीलाई भविष्यमा प्रति शेयर आम्दानी र लाभांसको सन्तुलन राख्न केही अप्ठेरो पर्ने देखिन्छ ।

कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

कम्पनीकोे विगत ५ वर्षको लाभास :

(प्रतिशतमा)

उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS