नागरिक लगानी कोषको २३.१६ प्रतिशत लाभांश प्रस्ताव

नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांश दिने भएको छ । कोषले २२ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कोषको सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७४ ७५ को नाफाबाट यो लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश आगामी साधारण सभाबाट अनुमोदन वितरण हुनेछ । गत वर्ष कोषले २३.२२ प्रतिशत लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार