IME Life

महिलालाई आर्थिक रुपमा सक्षम बनाउँनुपर्छ

SPIL
NIC ASIA


भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले महिला स्वतन्त्रता र सशक्तिकरणका लागि आर्थिक रुपमा सक्षम हुनुपर्ने बताएकी छिन् । आईतबार देखि काठमाडौमा सुरु भएको सहकारीमा महिला सशक्तिकरण र समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दे मन्त्री अर्यालले महिलाहरुलाई सहकारीको माध्यमबाट सक्षम बनाउँन सकिने बताईन् ।

कार्यक्रमम बोल्दै मन्त्रि अर्यालले महिलाहरुले आफु जस्तै अन्य महिलालाई पनि माथि उठ्न सहयोग गर्नुपर्ने बताईन । ‘आफु मात्रै सबल भएर हुँदैन । आफनो लागि मात्रै त सबैले गर्छन् । तर, समग्र महिला शसक्तिकरणका लागि महिलाहरुलाई अरु महिलााई पनि आफु सरह बनाउनु पर्छ,’ उनले भनीन् ।

Prabhu
Crest

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले संविधान महिला मैत्री रहेको र यसमा लेखिएको कुरा कार्यान्वयनमा जोड दिनुपर्ने बताईन् । उनले कानुन ऐन बनेर मात्र नहुने यसलाई व्यवहारमा ल्याउनुपर्ने समेत बताईन् ।

राष्ट्रिय सहकारी महासंघका संचालक तथा गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारी संस्था आफैमा असल अभ्यासका कार्यस्थल भएको बताउँदै सात सिद्धान्तलाई अक्षरस पालना गरेको खण्डमा अनुगमन जस्ता कार्य गरिरहनु नपर्ने बताईन् । कोइरालाले अब महिला पुरुष सबै क्षेत्रमा बराबरी हुनुपर्ने बताउँदै आसन, शासन र भाषणमा समानता हुनुपर्नेमा जोड दिईन् ।

दुई दिनसम्म चल्ने सो गोष्ठीमा देशभरिका जिल्ला सहकारी संघ तथा विषयगत जिल्ला सहकारी संघ र विषयगत केन्द्रिय सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंकका महिला संचालक एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

नेपालको सहकारीमा ५० दशमलब ९६ प्रतिशत महिला सहभागिता रहेको छ । ६३ लाख ५ हजार ५ सय ८१ सदस्यमध्ये महिलाको सख्या ३२ लाख १३ हजार ५ सय १४ रहेको छ । सहकारीमा कुल कर्मचारीमध्ये ४७ दशमलब ९९ प्रतिशत महिला रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS