स्पर्स लघुवित्त वित्तीय संस्थाको २ लाख ५२ हजार कित्ता शेयरको आइपीओे बिक्री खुला

 

स्पर्स लघुवित्त वित्तीय संस्थाको २ लाख ५२ हजार कित्ता शेयरको आइपीओे बिक्री खुला स्र्पश लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाबाट २ लाख ५२ हजार कित्ता शेयरको आइपीओको बिक्री खुला गरेको छ । यस लघुवित्तले न्युनतम १० देखि अधिकतम १३ सय ४० कित्तासम्म आवेदन दिन पाइने गरी शेयर निष्कासन गरेको हो ।

शेयर आवेदनका लागि आवेदकले २९ गतेभित्रै आवेदन दिनुपर्ने उल्लेख छ । यो वित्तीय संस्थाले प्रति साधारण शेयर १ सयका दरले २ लाख ६९ हजार ६३० कित्ता शेयर मध्ये ४ हजार १४८ कित्ता सुरक्षित गरिएको र ५ प्रतिशत अर्थात १३ हजार ४८२ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेका शेयरलाई सर्वसाधारणमा निष्कासन गरिएको पनि यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।कम्पनीको प्रतिशेयर नेटवर्थ १०१.४९ रहेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी १.११ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार