IME Life

ओरियण्टल पिडितको पैसा फिर्ता हुने सम्भावना कम

SPIL
NIC ASIA


ओरियण्टलका सहकारीका पिडितले फैसा फिर्ता पाउँने सम्भावना कम देखिएको छ । संस्थाको सम्पति भन्दा दायित्वको न्यूनदेखिएका पछि पिडितहरुले पैसा पाउँने अवस्था कम देखिएको हो ।

विहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पत्रकार भेटघाट गरी संस्थाको सम्पति र दायित्व सार्वजनिक गरेको छ । समितिले गरेको छानबिनबाट संस्थाको दायित्व १६ अर्ब १ करोड रुपैयाँ देखिएको छ । भने संस्थाको ७५ लाख रुपैयाँ मात्रै ऋण असुली गरेको छ । साथै करिब १९ लाख बैक मौज्दात देखिएको छ ।

Prabhu
Crest

संस्थाको दायित्वमध्ये ९ अर्ब १२ करोड रुपैयाँ सावा रकम र २०७४ सम्मको ब्याज बापत ६ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम ८ अर्ब ३८ लाख रुपैयाँ दायित्व देखिएको छ । त्यस्तै, सहकारी संस्थाको शेयर रकम २ लाख रुपैयाँ, अपार्टमेण्ट बुकिङ्ग रकम ४ अर्ब ९२ करोड रुपैयाँ, बैक तथा वित्तीय संस्थाको कर्जा १ अर्ब ९८ करोड, नेपाल सरकारको कर दायित्व ५३ करोड १० लाख तथा अन्य साहुको १९ करोड ७० लाख रुपैयाँ दायित्व रहेको छ ।
सहकारी संँस्थाको १२ करोड ७ लाख रुपैयाँ कर्जा उठ्न बाँकी रहेको छ । उक्त कर्जामध्ये १५ जना ऋणीहरुबाट ७५ लाख रुपैयाँ असुल गरिएको छ । उक्त रकम पिडितहरुलाई भुक्तानी दिने प्रयोजनाका लागि समितिको नाममा कृषि विकास बैंकमा राखिएको समितिले बताएको छ ।

२०७४ कार्तिक २० गते सरकारले ओरियण्टल को अपरेटिभलाई समस्याग्रस्त सहकारी संस्था घोषणा गेको थियो । सोही संस्थाको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्न छानबिन समिति गठन गरिएको थियो । समितिमा ७ हजार ५४६ पिडित निक्षेपकर्ता, अपार्टमेण्ट बुकिङ्गकर्ता, सेयर सदस्यहरु र अन्य साहुहरुको निवेदन परेको थियो ।

समितिले संस्थाको नाममा रहेको चल, अचल, गैरबैकिङ्ग, सेयर लगायतका सम्पतिको छानबिन गरेको छ । संस्थाको नाम तथा सञ्चालकहरुको नाममा रहेको सेयर तथा अचल सम्पति रोक्का राखिएको समितिका अध्यक्ष युवराज सुवेदीले बताए ।
ओरियण्टल सहकारी संस्था तथा सञ्चालकहरुको नाममा जम्मा १९ लाख ११ हजार नगद मौज्दात रहेको समितिले बताएको छ । संस्थाका सञ्चालक सुधिर बस्नेतको नाममा प्राईम कर्मर्सियल बैकमा १ लाख ९८ हजार, प्रभु बैंकमा २५ हजार तथा एभरेष्ट बैंकमा ६ हजार रुपैयाँ रहेको छ ।

संस्थाकै नाममा सिद्धार्थ बैंकमा १ लाख ३३ हजार, एभरेष्ट बैंकमा ८५ हजार, गोर्खाज फाईनान्समा १ लाख ९९ हजार रहेको छ । त्यस्तै, प्राईम कर्मसियल बैंकमा १ लाख २२ हजार, एनआईसी एशिया बैंकमा ४ लाख ९३ हजार रुपैयाँ नगद जम्मा रहेको छ ।
सहकारी संस्थाका तत्कालीन अध्यक्षको नितु थापा बस्नेत, महाप्रबन्धक राजेश श्रेष्ठ, प्रतिमा शर्माको नाममा विभिन्न बैंकमा सेयर रहेको छ । नितु थापाको नाममा ग्लोबल आईएमई बैंकको ५० हजार ३८७ कित्ता साधारण सेयर र १ लाख ३६ हजार २३३ संस्थापक सेयर छ ।

राजेश श्रेष्ठको नाममा सोही बैंकको १३ हजार ६०० साधारण सेयर र ३४ हजार ५८ संस्थापक सेयर छ । प्रतिमा शर्माको नाममा प्रभु बैंकमा २६ हजार ९१५ संस्थापक सेयर र १० हजार २७ साधारण सेयर रहको छ । समितिले राजेश श्रेष्ठ र प्रतिमा शर्माको नामको सेयर कब्जा गरी लिलाम गर्ने प्रयोजनका लागि रोक्का राखेको छ ।

त्यस्तै, संस्थाका तत्कालिनी कर्मचारी सन्ध्या भटट्राईको नाममा माछापुच्छ«े बैंकको २१३ साधारण सेयर, बैंक अफ काठमाडौ ३०२ कित्ता, नेपाल इन्भृष्टमेण्ट बैंक११५ कित्ता, आईसिएफसि फाइनान्सको २४० कित्ता, नेशनल हाइड्रो पावको ६ हजार कित्ता, स्टयाण्डर्ड चार्टरको १० कित्ता, सेन्चुरी कर्मसियल बैंकको ९ कित्ता र सिद्धार्थ बैंकको १८६ कित्ता साधारण सेयर रहेको पाईएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS