नेप्सेमा दुई कम्पनीको ८ लाख १६ हजार कित्ता बोनस शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । दुई कम्पनीको ८ लाख १६ हजार ३ सय ९९ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सूचिकृत हुने कम्पनीहरुमा सप्तकोसी  डेभलपमेन्ट र सेन्ट्रल फाइनान्स रहेका छन् ।

जसमा सप्तकोसी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५५३ कित्ता बोनस शेयर र सेन्ट्रल फाइनान्सको ६ लाख ६३ हजार ८४६ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार