SKIP THIS

Slicl

आइएमई लाइफ र माछापुछ्रे बैंक बीच बीमा सेवा सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई इन्स्योरेन्सका तर्फ बाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुछ्रे बैंकका तर्फ बाट उप प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालााले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए पश्चात बैंकका ग्राहकहरुले माछापुछ्रे बैंकको कुनै पनि शाखा कार्यालयहरु बाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउन तथा जीवन बीमा सम्बन्धि जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ६७ शाखा कार्यालयहरु बाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार