SKIP THIS

Slicl

मुक्तिनाथ बिकास बैंकको २ नयाँ शाखा विस्तार

मुक्तिनाथ विकास बैंकले एकै दिन दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा नयाँ शाखा विस्तार गरेको हो ।

ठिमी शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल तथा बनेपा शाखा कार्यालको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले गरेका छन् ।

हालसम्म बैंकले मुलुकभर १ सय १४ वटा शाखा, २० वटा एटिएम मार्फत करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार