IME Life

मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स सेवा देशभर विस्तार हुँदै, नारायणगढबाट सेवा शुभारम्भ

SPIL
NIC ASIA


मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर पनि विस्तार भएको छ । संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ता बीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा चितवनको नारायणगढबाट पनि मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको हो ।

विहीबार एक कार्यक्रमकाबीच नेपाल मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुल्याधले मेरो सुरक्षाको नारायणगढ शाखाको शुभारम्भ गरेका हुन् । उनले मेरो सुरक्षाको योजना ग्राहक, माबाइल व्यवसायी तथा राष्ट्रको हितमा रहेको उल्लेख गरेका छन् ।

Prabhu
Crest

नारायणगढको ए टु जेड मोबाइलहाउसका एक दर्जन बढी पसलहरुबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागि हुन सकिने छ । संघका महासचिव रघुनाथ तिवारीले मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स योजनाले प्रयोगकर्ता मात्र नभई व्यवसायी पनि लाभन्वित हुने बताएका छन् ।

राजधानीमा अपार सफलतापछि उपत्यका बाहिर पनि यसको माग बढेकाले विहिबारदेखि चितवनको नारायणगढमा मेरो सुरक्षाको प्रोटेक्शन प्लान संचालनमा ल्याइएको मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले जानकारी दिएका छन् । निकट भविष्यमा नै पोखरा, पाल्पा, बुटवल र तनहँुबाट पनि यो सेवा सुरु हुने सुनवारले बताए । मेरो सुरक्षाले यसअघि बीरगंजमा आफ्नो सेवा विस्तार गरिसकेको छ ।

सेवा सुरु गरेको पाँच महिनाको अवधिमा नै दश हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको प्रोटेक्शन प्लानमा आवद्ध भईसकेका छन् । दैनिक एक सय पचास जना नयाँ प्रयोगकर्ता यो प्लानमा सहभागि हुने गरेको मेरो सुरक्षाले जनाएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सन मुक्क्त जीवनमा सहयोग गर्नेछ ।

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने छन् ।

यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ ।

मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र मेरो सुरक्षाले अर्को नयाँ मोबाइल उपलब्ध गराउने छ । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS