IME Life

एनएलजी इन्स्योरेन्स कम्पनी कस्तो छ ? हेरौँ कम्पनी विश्लेषण ।

SPIL
NIC ASIA

कम्पनीको प्रकार: निर्जीवन बीमा

Symbol: NLG

Prabhu
Crest

प्रधान कार्यालय : लाजिम्पाट, काठमान्डौ
सेयर रजिष्ट्रार : सिभिल क्यापिटल
वेबसाईटस : www.nlg.com.np

सञ्चालक समिति :

पुँजी वृद्धिको अवस्था:

आवश्यक न्युनतम चुक्ता पुँजी :१ अर्ब
हाल रहेको पुँजी : ६४ करोड
वृद्धि गर्नु पर्ने पुँजी : ३६ करोड
वृद्धि गर्नु पर्ने पुँजी प्रतिशत : ५६ प्रतिशत
आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव :अझै बाँकी छ

महत्वपूर्ण अनुपातहरु:

इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :

इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा ८ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ७ करोड ८५ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ८ प्रतिशतले वृद्धि भएको छ ।
  • इन्स्योरेन्सको जगेडा कोषको आकार ७ प्रतिशतले कम भएर १६ करोड ४२ लाख पुगेको छ ।
  • कम्पनीको बीमा कोष २१ प्रतिशतले वृद्धि गरेर ७४ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
  • कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ८३ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा १५ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा २ प्रतिशतले कम भएर ३५ करोड ८० लाख पुगेको छ ।
  • यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ३८ प्रतिशतले वृद्धि भएर ४५ करोड २३ लाख रहेको छ भने खुद दावी भुक्त्तानी २३ करोड ४८ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ६२ प्रतिशतले धेरै हो भने ७४ करोड ७४ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीको प्रति शेयर आम्दानी १४ प्रतिशतले कम हुँदै २६ रुपैयाँ ३९ पैसा रुपैया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ३० रुपैयाँ ६५ पैसा थियो ।
  • कम्पनीको दोश्रा त्रैमासमा प्रतिशेयर नेटवर्थ २ सय ५१ दशमलव २५ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य ४ सय ५१ रुपैयाँ रहेको छ ।

निष्कर्ष :

कम्पनीको अहिले पुँजी ६४ करोड ४ लाख रुपैया रहेको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा कम्पनीले अझै आफ्नो पुँजी ३६ करोडले अर्थात ५६ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने छ । कम्पनीको जेगेडा कोषमा गिरावट देखिएको छ । त्यस्तै कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १५ प्रतिशतले वृद्धि भएपनि खुद बीमा शुल्क आर्जन रकममा भने सामान्य गिरावट देखिएको छ ।

खुद नाफा ८ प्रतिशतले वृद्धि हुनु र पुँजी २५ प्रतिशतले वृद्धि भएकाले कम्पनीको प्रति शेयर आम्दानी भने १४ प्रतिशतले घटेको छ । हाल कम्पनीको वार्षिकरण गरिएको प्रति शेयर आम्दानी २६ रुपैयाँ ३९ पैसा रहेको छ ।

कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

कम्पनीकोे विगत ५ वर्षको लाभास:
(प्रतिशतमा)

नेप्सेमा २०७५/११/२२  गतेको कारोवार र पिभोट टेबल

उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS