नेप्से ९.१२ अंकले बढ्यो, कारोबार रकम २२ करोड माथि

साताको चौथौँ दिन नेप्से ९ दशमलव १२ अङ्कले बढेर ११११ दशमलव ७६ अङ्कमा बन्द भएको छ । २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकको १ करोड ४६ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै हाथवे फाइनान्सको सेयरमा ८ दशमलव ३३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर ६ दशमलव ५५ प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार