नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद खुल्यो

नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद (फागुन २१ गते) मंगलबार देखि बिक्री खुला भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । चैत्र २५ गते सम्म हकप्रद भर्न सकिनेछ । माघ २५ गतेसम्म कायम सेयरधनी यस हकप्रद भर्न सक्नेछन् ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम ग्लोबल आइएमई क्यापिटल रहेको छ । ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

चुक्ता पूँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद बिक्री पश्चात १ अर्ब १ करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार