IME Life

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी कस्तो छ ? हेरौँ कम्पनी विश्लेषण ।

SPIL
NIC ASIA

कम्पनीको प्रकार: निर्जीवन बीमा

Prabhu
Crest

Symbol: LGIL

प्रधान कार्यालय : ज्ञानेश्वोर,काठमान्डौ
सेयर रजिष्ट्रार :एन.आई.बी.एल. एस क्यापिटल
वेबसाईटस् :www.lgic.com.np

पुँजी वृद्धिको अवस्था
आवश्यक न्युनतम चुक्ता पुँजी : १ अर्ब
हाल रहेको पुँजी : ८८ करोड
वृद्धि गर्नु पर्ने पुँजी : १२ करोड
वृद्धि गर्नु पर्ने पुँजी प्रतिशत :१४ प्रतिशत
आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव :अझै बाँकी छ

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :

लुम्बिनी जनरल इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा ७ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ८ करोड ५२ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा १० प्रतिशतले कम भएको छ ।
  •  इन्स्योरेन्सको जगेडा कोषको आकार १२३ प्रतिशतले वृद्धि भएर १७ करोड ९२ लाख पुगेको छ ।
    कम्पनीको बीमा कोष २९ प्रतिशतले वृद्धि गरेर ४७ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
  •  कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ६१ करोड ३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ६ प्रतिशतले वृद्धि भएको छ ।
  •  कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा ३ प्रतिशतले वृद्धि भएर ३६ करोड ८३ लाख पुगेको छ ।
  •  यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ३६ प्रतिशतले वृद्धि भएर ३३ करोड ७८ लाख रहेको छ भने खुद दावी भुक्त्तानी १९ करोड २१ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ६ प्रतिशतले धेरै हो भने ६१ करोड ६७ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
  •  कम्पनीको प्रति शेयर आम्दानी १० प्रतिशतले कम हुँदै १७ रुपैयाँ ४३ पैसा रुपैया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा १९ रुपैयाँ ३६ पैसा थियो ।
  •  कम्पनीको दोश्रा त्रैमासमा प्रतिशेयर नेटवर्थ १ सय ७९ दशमलव ३६ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य २ सय ९३ रुपैयाँ रहेको छ ।
    निष्कर्ष :
    कम्पनीको खुद नाफामा गिरावट देखिएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा अहिले कम्पनीको खुद नाफा १० प्रतिशतले कम भएको छ ।
    खुद नाफामा आएको गिरावट संगै कम्पनीको प्रति शेयर आम्दानी पनि १० प्रतिशतले घटेको छ ।
    कम्पनीको कुल बीमा शुल्क आर्जन रकम र खुद बीमा शुल्क आर्जन रकममा झिनो प्रतिशतको वृद्धि देखिएको छ ।
    कम्पनीको जगेडा कोष भने १२३ प्रतिशतको फराकिलो अंकले वृद्धि भएको छ । त्यस्तै कम्पनीको बीमा लेख संख्यामा पनि गिरावट देखिएको छ ।

कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

कम्पनीकोे विगत ५ वर्षको लाभास :

(प्रतिशतमा)

नेप्सेमा २०७५/११/१९ गतेको कारोवार र पिभोट टेबल

उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS