Prabhu Life Ad Final

एलआइसी द्धारा मन्त्री अधिकारी परिवार लाई मृत्यु दाबी रकम भुक्तानी

IME PAY

लाइफ इन्स्योरेन्स करर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

मृतक मन्त्रीको निवास पोखरा पुगेर एलआइसी नेपालले अधिकारीको परिवारजनलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

NCHL

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका बीमित मन्त्रीको धर्मपत्नी बिद्या भट्टराईलाई कम्पनीले १२ लाख ६९ हजार ५ सय रुपैया बराबरको चेक हस्तान्तरण गरेको छ । उक्त चेक पोखरा शाखाका शाखा प्रमुख गिरीराज घिमिरेले हस्तान्तरण गरेका हुन् ।

जीवन बीमा अभिकर्ता रघुनाथ भण्डारी मार्फत मन्त्री अधिकारीले ८ बर्ष अघि ५ लाखको जिवन आनन्द नामको बीमा गरेको कम्पनीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x