IME Life

नेपाली कम्पनीले विदेशी पूँजी बजारबाट लगानी जुटाउन सक्ने

SPIL
NIC ASIA

सरकारले नेपाली कम्पनीहरुले विदेशी पूँजी बजारमा धितोपत्र जारी गर्न पाउँने व्यवस्था गर्न लागेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले संसदमा पेश गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई शंसोधन र एकीकरण गर्न बनेको विद्येयक २०७५ मा सरकारले नेपालमा संस्थापन भएका कम्पनीले विदेशी मुलुकको पूँजी बजारमा ऋणपत्र, डिबेञ्चर तथा धितोपत्र जारी गरी लगानी भित्राउँने सक्ने व्यवस्था गर्न लागेको छ ।

विद्येयक यथास्थितिमा पारित भएमा नेपाली कम्पनीलाई विदेशी बजारबाट लगानी जुटाउँने बाटो खुल्नेछ । विद्येयकमा गरिएको व्यवस्था अनुसार नेपालमा संस्थापना भएको कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा धितोपत्र जारी गर्न प्रचलित कानून बमोजिम अख्तियारी पाएको संगठित संस्थाले नेपाल राष्ट्रले बैंक र धितोपत्र बोर्डको स्वीकृति लिई विदेशी मुलुकको पूँजी बजारमा ऋणपत्र डिबेञ्चर वा अन्य धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

नेपालमा विदेशी लगानी भित्राउँनका लागी सरकारले यस्तो खालको व्यवस्था गरेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलका सह सचिव दिनेश भट्टराईले बताए । हाल विदेशीले नेपालमा नै आएर लगानी गर्न सक्ने व्यवस्था थियो । तर, लगानीको वातारणलाई सहज बनाउँन सरकारले यस्तो व्यवस्था गरेको उनले बताए ।

पूँजी लगानी कोष खडा गर्नुपर्ने

विदेशी संस्थागत लगानीकर्ताले कुनै उद्योग स्वपूँजी लगानी गर्ने प्रयोजनका लागि प्रचलित कानुन अनुसार कम्पनी स्थापना गरी पूँजी लगानी कोष स्थापना गर्न सक्नेछन् । पूँजी लगानी कोष खडा गर्ने संस्थागत विदेशी लगानीर्ताले धितोपत्र कारोबारका लागि धितोपत्र बोर्डमा दर्ता हुनुपर्नेछ ।

धितोपत्र बोर्डमा दर्ता भएको विदेशी लगानीकर्ताले ऐन बमोजिम विदेशी लगानी गर्न सकिने उद्योगको धितोपत्रको दोस्रो बजार मार्फत कारोबार गर्न सकिने विद्येयकमा व्यवस्था गरिएको छ ।

धितोपत्र सम्बन्धी कारोबार गर्दा खरिद गर्नुपर्ने धितोपत्रको न्यूनत्तम संख्या, लगानीको सिमा, धितोपत्र खरिद गरेपछि आफुले राख्नुपर्ने न्यूनत्तम अवधि, धितोपत्र खरिद गर्न विदेशी मुद्रामा राख्नुपर्ने जगेडाका कोष (रिजर्भ फण्ड) र सो सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

विदेशी लगानीका कम्पनीले पनि धितोपत्र जारी गर्न पाउँने

सरकारले विदेशी लगानीमा नेपालमा संस्थापना भएका कम्पनीले समेत धितोपत्र जारी गर्न पाउँने व्यवस्था गर्ने भएको छ । उद्योग मन्त्रालयले संसदमा पेश गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई शंसोधन र एकीकरण गर्न बनेको विद्येयक २०७५ मा कम्पनीले धितोपत्र सम्बन्धी प्रचलित कानूनको अधिनमा रही नेपाल भित्र धितोपत्र जारी गरी ऋण लिन सक्ने व्यवस्था गरिएको छ ।

तर, धितोपत्र जारी गरी लिएको ऋण वा विदेशी मुद्रा नेपालमा लगानी गर्नुपर्नेछ । धितोपत्र जारी गर्ने सम्बन्धी अन्य व्यवस्था सम्बन्धी प्रचलित कानून बमोजिम हुने विद्येयकमा उल्लेख छ ।

विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्ने
विदेशी लगानी भएको कुनै उद्योगले प्रचलित नेपाल कानुन बमोजिम मन्त्रालयको सिफारिश र नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विदेशी सरकार वा वित्तीय संस्थाबाट परियोजना ऋण वा परियोजना लगानी सम्झौता गरी ऋण लिन सक्नेछ । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले लगानी गर्न रकम र लगानीको हिस्साको अधिकत्तम सीमा तोकिने छैन ।

सेवा उद्योगको हकमा नेपालले विश्व व्यापार संगठनको सदस्यता प्राप्त गर्दाका बखत सम्बन्धित क्षेत्र वा उपक्षेत्रका सम्बन्धमा बनाएको प्रतिबद्धता भन्दा कम नहुने गरी विदेशी लगानीको स्वपूँजीको अधिकत्तम सीमा र धितोपत्रमा गरिने लगानीको सीमा तोक्न विद्येयकमा उल्लेख गरिएको छ ।

बाणिज्य बैंकसँग सम्झौता गर्न सक्ने

लगानी गर्ने विदेशी लगानीकर्ताले नेपालमा गरेको आफनो लगानी सम्बन्धी कामको लागि आफनो साझेदार लगानीकर्ता वा अर्को विदेशी लगानीकर्ता र नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त हुने बाणिज्य बैंकसँग सम्झौता विपत्रीय सम्झौता गर्न सक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS