IME Life

जीवन बीमा कम्पनीमा थुप्रियो बीमा कोष

SPIL
NIC ASIA

जीवन बीमा कम्पनीहरुमा जीवन बीमा कोषको आकार बढ्दै गएको छ । चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमास अवधिमा कम्पनीहरुलेप्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीहरुको बीमा कोष १ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।

तथ्यांक अनुसार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा कोष ५६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २३ अर्ब  ७१ करोड  रुपैयाँ पुगेको छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशनको कोषमा ४८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुले आम्दानी गरेको बीमाशुल्क बाट व्यवस्था, दाबी लगायतका खर्च घटाएर बचेको रकम जीवन बीमा कोषमा जम्मा गर्छ । कम्पनीहरुले विमितहरुलाई भुक्तानी गर्नुपर्ने रकम गणना गरी बीमा कोषमा रकम जम्मा गरिन्छ । बर्षको अन्त्यमा उक्त रकम कम वा बढी छ भनेर कम्पनीहरुले बिमांकीय मूल्यांकन गर्छन् ।

यदि बीमा कोष रकम बढी देखिएमा बढी भएको रकमको १० प्रतिशत लगानीकर्तालाई वितरण गरिन्छ भने ९० प्रतिशत बीमितको कोषमा नै जम्मा गरिन्छ । बीमा कोषमा भएको रकम लगानी गरी कम्पनीहरुले आम्दानी गर्छन् ।

लगानीको लागि बीमा समितिले निश्चित क्षेत्रहरु तोकिदिएको छ । तर, कम्पनीहरुले भने बैक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा मात्रै लगानी गरेका छन् । त्यसैले बैंकिङ प्रणालीमा समस्या आउँदा बीमा क्षेत्रलाई पनि प्रभाव पार्ने विज्ञहरु बताउँछन् ।

कम्पनीहरुको वित्तीय विवरण अनुसार जगेडा कोष १० अर्ब १३ करोड रुपैयाँ पुगेको छ । साथै महाविपत्ती कोषमा १ अर्ब १२ करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीहरुले आफनो आम्दानीको निश्चित प्रतिशत जगेडका तथा महाविपत्ती कोषमा जम्मा गर्नुपर्ने बीमा समितिको प्रावधान छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS