IME Life

कम्पनीलाई बजार प्रतिस्पर्धी बनाउँछौ : डा. डिल्ली राज अर्याल, प्रमुख कार्यकारी अधिकृत,राष्ट्रिय बीमा कम्पनी

SPIL
NIC ASIA
डा. डिल्ली राज अर्याल, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय बीमा कम्पनी

नेपालमा नयाँ बीमा कम्पनीहरु थपिएर बजारमा प्रतिस्पर्धा बढी रहेकोे सन्दर्भमा राष्ट्रिय बीमा कम्पनी भने अझै पनि कुछवाको गतिमा चलिरहेको छ । पुरानो कम्पनी भए पनि सरकारी मानसिकताका कारण कम्पनी प्रतिस्पर्धामा नउत्रिएको हो कि भन्ने जनधारणा रहेको पाईन्छ ।

यसै क्रममा कम्पनीमा डा.डिल्ली राज अर्याल प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बजारमा बढ्दै गएको प्रतिस्पर्धामा आफुलाई स्थापित गर्न कम्पनीले के गर्दैछ ? नेपालमा बीमाको पहुँच विस्तार गर्न के गर्नुपर्छ । वर्तमान बीमाको अवस्था कस्तो छ ? सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको हालको स्थित आगामी योजना के छ भन्ने बिषयमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत डा.डिल्लीराज अर्यालसँग इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार :

Prabhu
Crest

हाल बीमा बजारको अवस्था कस्तो रहेको छ ? यो कुन रुपमा अघि बढीरहेको छ ।

बीमाको सुरुवात भएको लामो समय पछि नै यसमा केही परिर्वतन आएको हो । यसको विकास क्रम चाहि पछि नै भएको हो । यो वित्तिय क्षेत्रमा रहेको एक कम्पनी हो । हाम्रो जस्तो क्षेत्रमा यसको महत्व पनि उतिकै मात्रामा रहेको छ । तर, जुन रुपमा अगाडी बढ्नु पर्ने हो त्यसरी बढ्न सकेको भने छैन ।

कम्पनी बढेसँगै यसमा स्वास्थ्य अस्वस्थ्थ प्रतिस्पर्धा हुने नै गर्दछ । यो अनिवार्य सर्त हो । बीमा एक सामाजिक सुरक्षा हो ।
भोलि आउने जोखिमलाई पनि यसले साथी रुपमा काम गर्ने गर्दछ ।बीमा कम्पनीले सानो सानो पैसालाई ल्याएर, देशको अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्दछ । सम्रग वित्तिय बजारमा यसको प्रभाव जति हुनुपर्ने हो त्यति छैन ।

हुन त हामीले बैंकको ईतिहासलाई हेर्न हो भने यसको लामो इतिहास पश्चात् यसमा केही परिर्वतन आएको पाउन सक्छौ । बैंैकहरुको पृष्ठभूमि हेर्ने हो भने पनि सुरुमा सरकारी बैंकहरु मात्र रहेका थिए, भने विस्तारै निजि बैंकहरुको पनि उपस्थिति बढ्न थालेको छ ।

निजि कम्पनीहरु बढ्दै गएपश्चात् गाउँमा बैकिगं पहुँचमा पनि वृद्धि भएको थियो । तर बीमाको क्षेत्रको रुपमा कुरा गन पर्दा कम्पनीहरु नै कम मात्रामा रहेको छ । अहिले नयाँ कम्पनीको उपस्थितिले गर्दा बीमा कम्पनीको सङख्यामा वृद्धि भएको छ ।बीमा सामाजिक सुरक्षा हो । यसको विकास हुन्छ नहुने हैन तर केही समय लाग्ने देख्न सकिन्छ ।

हिजोको दिनमा २८ वटा कम्पनीहरु रहेका थिए । तर नयाँ कम्पनीहरु आएसँगै अघि बढीरहेको छ । हालै पुर्नबीमा कम्पनीसहित बीमा बजारमा ४० वटा कम्पनीहरु रहेका छन् । कम्पनीको बढेसँगै यसको पहुँचमा पनि वृद्धि भएको छ ।


बीमा कम्पनीहरुले देशको अर्थतन्त्रमा कस्तो भुमिका खेल्छ ?

बीमा कम्पनीहरुले राम्रो व्यवसाय गरयो भने पक्कै पनि यसले देशको अर्थतन्त्रलाई नै सहयोग गर्ने हो । पछिल्लो नयाँ बीमा कम्पनीहरुको उपस्थितिले पनि बीमा बजारमा व्यवसायमा केही परिर्वतनहरु भएको देख्न सक्छौ । बीमा कम्पनीहरुको व्यवसाय बढ्दा देशको अर्थतन्त्रलाई स्वत फाईदा नै हुन्छ ।

बीमा समितिको पछिल्लो तथ्याङक अनुसार नेपालमा बीमाको पहुँच बढेको देखिन्छ ? तर, बजारका अनुसार अपेक्षित रुपमा व्यवसाय बढ्न नसकेको विज्ञहरु बताउँछन् । यसको कारण के होला ?

बीमा सबैलाई आवश्यक छ । यो सामाजिक सुरक्षा मात्र नभई भावि दिनमा आउने अनिश्चित जोखिम सहयात्री पनि हो । तर हामीले यस बिषयमा सबैलाई बुझाउन सकेका छैनौ । यसमा मुख्य कुरा भनेको चेतनाको नै आउँछ । बीमा सम्बन्धि जानकारी लिएर ग्रामीण क्षेत्रसम्म पुग्नु सकिरहेको नै छैन । आधाभन्दा बढी मानिसहरु ग्रामीण क्षेत्रमा नै बस्ने गर्दछन् । तर हामीले सबै ठाँउमा गएर यसको चेतना दिन सकिरहेका छैन ।

कम्पनी बढेसगै यसको पहुँचमा भने केही परीवर्तन भएको छ । हिजोको दिनमा रहेको बीमा कम्पनीको व्यवसाय र आजको व्यवसाय हेर्दा यसमा परिर्वतन भने पक्कै पनि भएको हो ।बीमाबाट हुने फाईदाको बारेमा बुझाउन नसक्नु पनि एउटा समस्या नै हो । बैंकको विकास क्रमलाई पनि पछाडि फर्केर हेर्ने हो भने बचतको लागि खाता खोल्नुपर्छ भनेर जनचेतना गर्दा गर्दा आज यसको पहुँचमा केही परिवर्तन भएको छ ।

बीमा समितिले बीमा कम्पनीहरुलाई कृषिको लागि क्षेत्र छुट्याएको छ । सहरमा मात्र नभईकन ग्रामीण क्षेत्रमा पनि कम्पनीहरु पुगेसँगै यसको पहुँचमा पनि वृद्धि हुन जान्छ । बेला –बेलामा चेतनामूलक कार्यक्रम अघि बढाएर लग्दा पक्कै पनि यसले पहुँचमा वृद्धि ल्याउन सहयोग गर्दछ । यसरी कार्यक्रम गर्दा कम्पनीको प्रडक्टको साथै चेतनामा पनि यसले सघाउ पुराउन सहयोग गर्दछ ।

राष्ट्रिय बीमा कम्पनीले केही बर्षयता देखि सोचे जस्तो कामहरु गर्न सकिरहेको छैन ? यसलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?

हामी सरकारी स्वामित्व रहेको कम्पनी हौ । पहिलो प्राथमिकता नियामक निकायहरुबाट कम्पनी सुधारका लागि जारी भएका निर्देशन अनुसार नतिजा देखाउने गरी काम अघि बढाउन सक्दो कोशिस गर्नेछु ।कम्पनीलाई अहिलेको अवस्थाबाट माथि उठाउने योजनामा सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने छु ।

यसका लागि कम्पनी सुधारका लागि नियामकबाट आएका निर्देशन तत्काल पालनामा ध्यान केन्द्रित गर्दै कम्पनीलाई बजार प्रतिष्पर्धी बनाउने योजना रहेको छ ।सुरुमा राष्ट्रिय संस्थान थियौ र पछि हामी छुटिएका हौ । कम्पनीमा भएका पूराना गतिविधीहरुलाई छिटो सुधार गरेर हामी अघि बढ्ने सोचमा रहेका छौ ।

हामीले अन्य निजि कम्पनीहरुहरुसँगै प्रतिस्पर्धा गरेर अघि बढ्ने हाम्रो लक्ष्य रहेको छ । हामी एक सरकारी स्वामित्वमा रहेको हँुदा हामीले नाफामुखी मात्र नभई सेवामुखीमा पनि केन्दि«त रहन जरुरी रहेको हुन्छ । सरकारले ल्याएको निति र नियममा पनि हामी सहकार्य गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ ।

यस्ता कार्यमा हामी नाफमुखी मात्र नभई सेवामुखी पनि रहेर काम गर्न ईच्छुक छौ । यसका साथै हामीले सचयकर्ताको स्वास्थ बीमाको मार्फत सातवटै प्रदेशमा यसलाई लैजादै छौ । कतीपय प्रदेशमा हामीले काम सम्पन्न गरिसकेका छौ भने कतीपय प्रदेशमा हाम्रो कार्यक्रम बाँकी नै रहेको छ । अर्का समस्या भनेको हामीसँग न्यून मात्रामा कर्मचारीहरु रहेका छन् । अब हामीले कर्मचारी पनि थप गर्न प्रकृयामा रहेका छौ । नयाँ कर्मचारी ल्याए पश्चात् पनि काम गर्नमा हामीलाई केही राहत हुने देखिन्छ ।

समयमा नै साधारणसभा नहुदा लगानीकर्ताहरु निराश देखिन्छन् नी त ?
त्यो त स्वभाविक नै हुन्छ । आफूले लगानी गरेको कम्पनीबाट लाभांसको लागि ढिला हुदाँ यस्मा लगानीकर्ताहरु निराश हुनु त स्वभाविक नै हो । हामीले पनि समयमा नै साधारणसभा गर्न पायौ भने हाम्रो लागि पनि राम्रो नै हो । हाम्रो कम्पनीको पुँजी वृद्धिमा पनि यसले सहयोग गर्न काम गर्दछ । हामीलाई पनि समितिले दिएको समयमा चुक्ता पुँजी गर्नमा सहज रहेको हुन्छ ।

नयाँ विधेयक संसदमा पुगेको अब आउने विधेयक कस्तो हुनुपर्छ भन्ने लाग्छ ?

बीमा समिति बीमा कम्पनीहरुको एक नियमनकारी निकाय पनि हो । पक्कै पनि नयाँ विधेयकमा राम्रो नै काम राखिएको होला । समितिले अहिलेसम्म चालेको कदमलाई राम्रो नै रहेको छ । बीमा बजार पूरै नै खाली रहेको छ । जती व्यवसाय लिए पनि लिन सक्ने स्थिती रहेको छ । त्यसैले यसमा खासै केही गरी हाल्नुपर्छ जस्तो चै लाग्दैन ।

कम्पनीको आगामी रणनितिहरु के छन् ?

कम्पनीको नयाँ शाखा विस्तार गर्ने योजना रहेको छ । यसका साथै निजि कम्पनीहरु सरह नै प्रतिस्पधाँ गरेर अघि बढ्ने योजना रहेको छ । कम्पनी मार्फत जनचेतनाको लागि ग्रामीण क्षेत्रमा पनि पुग्ने हाम्रो योजना रहेको छ । पहिलो प्राथमिकता नियामक निकायहरुबाट कम्पनी सुधारका लागि जारी भएका निर्देशन अनुसार नतिजा देखाउने गरी काम अघि बढाउने योजना रहेको छ । कम्पनीलाई अहिलेको अवस्थाबाट माथि उठाउने योजना पनि रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS