IME Life

बजार ११०० विन्दुको मनोवैज्ञानिक टेवामा ! के होला बजार ? हेरौँ साप्ताहिक विस्लेषण

SPIL
NIC ASIA

खरिदकर्ताको बलियो उपस्थिति नहुदाँ यो साता पनि दोस्रो  बजारमा बिक्रीकर्ता नै हावी भए । यो साता बिहिबार सार्वजनिक विदा भएको कारणले गर्दा साताको अन्तिम दिन शेयर कारोवार भएन ।



यो साता ४ कारोवार दिन मध्य २ कारोवार दिन नेप्से परिसूचक घटेको थियो भने दुई कारोवार दिन मात्र नेप्से परिसूचक वृद्धि भएको थियो ।

Prabhu
Crest


यो साता नबिल बैंक लिमिटेडको शेयर सर्बाधिक  किन बेच भएको छ भने दोस्रोमा  नेपाल बैंक लिमिटेडको शेयर किन बेच भएको छ ।

हेरौ यो साता सर्वाधिक शेयर कारोवार भएका १० कम्पनीहरु :

यो साता एभरेस्ट इन्स्योरेन्सको को हकप्रद शेयर १४ लाख ३ हजार ३ सय २५ कित्ता शेयर सुचिकृत भएको छ ।

अघिल्लो साताको अन्तिम दिन कारोवार नेप्से परिसूचक १११३ दशमलव ०७ को विन्दुमा बन्द भएकोमा यो साता अन्तिम कारोवार दिन बुधबार नेप्से परिसूचक ११०५ दशमलव ५३ को विन्दुमा बन्द भएको छ । यसको मतलव नेप्से परिसूचक यो साता भरी ७ दशमलव ५४ ले घटेको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष विरुद्ध ब्रोकरहरुले मोर्चाबन्दी कसेका छन् भने आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् । ब्रोकर र धितोपत्र बोर्ड बीच दुरी बढ्दा लगानीकर्ताहरुको आत्मबल खसेको छ । साताको अन्दिम दिन नेप्से परिसुचक भने बढेर वृद्धि भएको छ ।

यो सात पनि नेप्से परिसूचक ११०० को विन्दु भन्दा माथि नै बसेको छ । यो साता इण्ट्राडेमा नेप्से परिसूचक ११०० भन्दा मुनि आए पनि अन्त्यमा बजार बन्द हुदा नेप्से परिसुचक ११०० को मनोवैज्ञानिक विन्दु भन्दा माथि नै बसेको छ ।

११०० को विन्दु बाट नै बजार फर्किने धेरैले आश गरेका छन् । कम्पनीको आधारभूत अवस्था बलियो भएको र बजार ११०० घट्न नमानेकोले यहाँ बाट बजार वृद्धि हुनेमा धेरैले आश गरेको अवस्था छ । तर अहिलेको बजारको मुख्य समस्या भनेकै लगानीकर्ता संग तरलता कम भएको र माग वृद्धि हुन् सकेको छैन ।

आजको मिति सम्म सबै भन्दा ठुलो बजार पुँजीकरण भएको कम्पनीमा नेपाल टेलिकम परेको छ । दोश्रोमा नेपाल इन्भेस्टमेन्ट  बैंक ,तेश्रोमा नबिल बैंक लिमिटेड रहेको छ भने नेपाल लाईफ चौथोमा पर्दछ ।

आज सम्म सर्बाधिक बजार पुँजीकरण भएका १० कम्पनीहरु :

अन्य परिसूचक:

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS