IME Life

शिखर र प्रिमियर इन्स्योरेन्सको एफपीओमा लगानी गर्ने लगानीकर्ता कति फाइदामा ?

SPIL
NIC ASIA

शिखर इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स प्रिमियम मूल्यमा  एफपीओ निस्काशन गर्ने दुई निर्जीवन बीमा कम्पनी हुन् । शिखर इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ५५० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता ६५० र प्रिमियर इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थपी प्रति कित्ता ७९९ एफपीओमा निक्स्काशन गरेको थियो । सो एफपीओमा लगानी गर्ने लगानीकर्ता अहिले फाइदामा छन् ? इन्स्योरेन्स खबरले गरेको अध्ययन

शिखर इन्स्योरेन्सले २०७२ मंसिर १७ गते देखि १०० रुपैयाँ अंकित मूल्यमा ५५० रुपैया प्रिमियम थपी प्रति कित्ता ६५० मा थप सार्वजनिक निस्काशन गरेको थियो । कुल  बजारमा शिखर इन्स्योरेन्सको बजार मूल्य निकै माथि पुगेको भए पनि अहिले कम्पनीको बजार मूल्य भने ८५१ रुपैँया रहेको छ ।

Prabhu
Crest

एफपीओमा लगानी गर्ने लगानीकर्ताले प्रति कित्ता ६५० लगानी गरेको र त्यसपछि लगातार ३ वर्ष सम्म आएको बोनस शेयर बाट थपिएको शेयर कित्ता र बजार मूल्य ८५१ हुनुले शिखरको एफपीओमा लगानी गरेका लगानीकर्ता मालामाल भएको प्रस्ट हुन्छ ।

एफपीओ पछि कम्पनीले २४ प्रतिशत बोनस शेयर, ६० प्रतिशत बोनस शेयर र २९ प्रतिशत बोनस शेयर प्रदान गरेको छ ।

एफपीओमामा १० कित्ता शेयर पाउने लगानीकर्ताको अहिले शेयर संख्या २६ पुगेको छ । बजार मूल्य ८६१ लाई आधार मान्दा अहिले २६ कित्ता शेयरको बजार मूल्य २२ हजार ३६ आउँछ । त्यो बेला १० कित्ता एफपीओको लगानी जम्मा ६ हजार ५ सय रुपैयाँ थियो ।

यसरी आजको दिन सम्म आउदा शिखर इन्स्योरेन्सको एफपीओमा १० कित्ता शेयर पार्ने लगानीकर्तालाई १५ हजार ५ सय ३५ रुपैया नाफा भएको देखिन्छ ।

यता प्रमियर इन्स्योरेसले पनि एफपीओ बिक्री गरेको थियो । प्रिमियर इन्स्योरेन्सले १०० रुपँैया अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थपी प्रति कित्ता ७९९ मा थप सार्वजनिक निस्काशन गरेको थियो ।

एफपीओमा लगानी गर्ने लगानीकर्ताले ७९९ प्रति कित्ता लगानी गरेको र त्यसपछि १ वर्षकोे बोनस शेयर बाट थपिएको शेयर कित्ता र बजार मूल्य ९९४ हुनुले शिखरको एफपीओमा लगानी गरेका लगानीकत फाईदा मै भएको प्रस्ट हुन्छ ।

एफपीओमामा १० कित्ता शेयर पाउने लगानीकर्ताको अहिले शेयर संख्या ११ पुगेको छ । बजार मूल्य ९९४ लाई आधार मान्दा अहिले ११ कित्ता शेयरको बजार मूल्य १० हजार ९ सय ३४ आउँछ । त्यो बेला १० कित्ता एफपीओको लगानी जम्मा ७ हजार ९ सय ९० रुपैयाँ थियो ।

यसरी आजको दिन सम्म आउँदा प्रमियर र इन्स्योरेन्सको एफपीओमा १० कित्ता शेयर पार्ने लगानीकर्तालाई २ हजार ९ सय ४४ रुपैयाँ नाफा भएको देखिन्छ ।

यसरी हेर्दा दुवै इन्स्योरेन्स कम्पनीमा एफपीओमा लगानी गर्ने लगानीकर्ता नोक्सानीमा छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS