IME Life

साना किसान सम्मेलन सूरु

SPIL
NIC ASIA

‘साना किसानको सम्बृद्धि : कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ दुइ दिने साना किसान सम्मेलन विहिबार देखि काठमाडौंमा सुरु भएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै साना किसान विकास लघुवित्त वित्तिय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेम बहादुर पाठकले अन्तराष्ट्रियस्तरमा भईरहेको प्रविधिको प्रयोग र उत्पादनमा देखिएको बढोत्तरीको साथै नेपालमा भईरहेको कृषि क्षेत्रको खोज आनुसन्धान विज्ञहरुको विचार आदान प्रदान गर्ने माध्यम सम्मेलन भएको बताए ।

Prabhu
Crest

अध्यक्ष पाठकले भने २०७१ सालमा हामीले सम्मेलनको आयोजना गरेका थियौ जसको प्रभावले देशभर साना किसानका संस्था र सदस्य बढेका छन् भने उत्पादन र उत्पादकत्व पनि बढ्दै गएको छ । अव आगामी १० वर्षमा नेपाललाई प्राथमिक रुपमा नेपालमा उत्पादन हुने सामग्रीमा आत्मनिर्भर बन्ने बताए ।

उनले संयुक्तराष्ट्र संघले अघि बढाएको दिगो विकास लक्ष्यमा आधारित रहेर गरिवी निवारण, भोकमरीको अन्त्य गर्दै पोषणयुक्त भोजनको व्यवस्था गर्न सक्ने परिवारको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारले अगाडी बढाएको समृद्ध नेपाल खुसी नेपालीको अभियानलाई सायोग गर्दै धेरै भन्दा धेरै युवा तथा महिलाहरुलाई कृषिमा संलग्न गराउने बताए ।
२०३२ देखि सञ्चालित साना किसान विकास कार्यक्रमले ७० जिल्लामा करिब ७ सय साना किसान कृषि सहकारी संस्थाहरुको स्थापना गरी ८ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको आयोजकको दाबी छ । सम्मेलनमा बिहिबार १३ वटा कार्यपत्र प्रस्तुत भएका थिए । शुक्रबार समापन हुने कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले बिहान ९ बजे दोस्रो दिनको सत्रको सुरुवात गर्ने र समापन कृषि मन्त्री चक्रपाणी खनालले गर्ने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष (यूएनसीडीएफ), कृषि विकास बैंक सह–आयोजकका रुपमा रहेका छन् । त्यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक लि.,राष्ट्रिय वाणिज्य बैंक लि.,स्याकर ट्रेड्रिङ कम्पनी प्रा. लि.,छिमेकी लघुवित्त वित्तिय संस्था लि., प्रभु बैंक लि., आरएमडिसी लघुवित्त वित्तिय संस्था लि. फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था लि., नेपाल डिप इरिगेन प्रा.लि., मेगनस क्न्सल्टिङ ग्रुप प्रा.ली., आई सिटी इन एजुकेसन नेपाल, श्रेष्ठ एग्री इनपुट, नेपाल बैंक लि., एनआईसी एसिया बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक, प्रायोजकका रुपमा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS