IME Life

एयर डाइनेष्टि हेलिकप्टर दुर्घटनाबाट नेपाली बीमा कम्पनीमा २७ करोड दाबी पर्ने अनुमान

SPIL
NIC ASIA


बुधबार ताप्लेजुङमा भएको एयर डाइनेष्टि को हेलिकप्टर दुर्घटनाबाट  नेपाली निर्जिवन बीमा कम्पनीमा २७ करोड रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीले एयर डाइनेस्टीको हेलिकप्टरको बीमा गरेको थियो । कम्पनीले ९९.५ प्रतिशत पुर्नबीमा गराएको छ भने ०.५ प्रतिशत खुद धारण गरेको छ । साधारणतया नेपालमा उड्ने होलिकप्टरको औषत मूल्य २५ देखि ३० करोड रुपैयाँ सम्म पर्ने गर्दछ । साथै  होलिकप्टर यात्रुको प्रतिव्यक्ति बीमांक रकम २० हजार डलर रहेको छ ।

Prabhu
Crest

यसको आधार हेर्ने  हो भने पनि ६ जना यात्रु बराबर करीब एक करोड ३८ लाख रुपैयाँ  दाबी पर्न आउने  देखिन्छ । होलिकप्टर पाईलटको औषत ५० देखि १ लाख डलर बराबरको बीमा गर्ने व्यवस्था रहेको छ । यो व्यवस्था कम्पनी अनुसार फरक फरक हुन सक्छ ।

न्यूनतम ५० हजार डलरलाई आधार मान्ने हो भने पनि पाईलटको मृत्यू बापतको दाबी ५५ लाख पर्न आउछ । यसका अक्तिरिक्त होलिकप्टर बीमा गर्दा रिक्स एण्ड अपरेसन जोखिम बापत १० डलर बराबरको बीमा गरिन्छ । होलिकप्टर पाईलट यात्रुको न्यनतम बीमांक रकमलाई आधार मान्दा पनि २७ करोड रुपैया दाबी पर्ने देखिन्छ ।

तर अधिंकाश जोखिम पूर्नबीमा गर्ने भएकाले नेपाली बीमा कम्पनीमा खासै भार नपर्ने  बीमा समितिले बताएको छ । बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेखभीरमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षण पछि मन्त्री अधिकारी सहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटना भएको थियो ।

हेलिकप्टरमा सवार पर्यटनमन्त्री अधिकारी सँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट ती शवहरुलाई काठमाडौं स्थित त्रिभुवन विमानस्थनसम्म सेनाको एमआई १७ हेलिकोप्टर मार्फत ल्याइएको छ । । लगत्तै, शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS