IME Life

निर्जीवन बीमा कम्पनीले करिब २३ अर्ब बीमाशुल्क आर्जन गरे

SPIL
NIC ASIA

चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार १९ वटा कम्पनीले उक्त रकमको बिमाशुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये उक्त अवधिमा शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गरेका छन् । पछिल्लो समयमा बीमा व्यवसायमा बृद्धि भएको छ । नयाँ कम्पनीहरु थपिदै जानु र मानिसहरुमा बीमा सम्बन्धि चेतना बृद्धी हुँदै जानुले पनि बीमा व्यवसाय बृद्धिमा टेवा पुगेको हो ।

Prabhu
Crest

शिखर इन्स्योरेन्स कम्पनीले चालु आवको पुस महिनासम्ममा १ अर्ब ६७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३८ करोड ९८ लाख, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ७२ करोड ७९ लाख, आईएमई जनरल इन्स्योरेन्सले ६० करोड ४९ लाख, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ६१ करोड ३ लाख, नेको इन्स्योरेन्सले ९७ करोड ९७ लाख, नेपाल इन्स्योरेन्सले ५६ करोड ९९ लाख, एनएलजी इन्स्योरेन्सले ८३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS