IME Life

बीमाको पहुँच १७ प्रतिशत पुग्यो

SPIL
NIC ASIA

नेपालमा बीमा बजारको पहुँच १७ प्रतिशत पुगेको छ । बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७५/७६ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ५२ लाख ५० हजार १२७ वटा बीमालेख जारी गरेका छन् ।

उक्त अवधिमा कम्पनीले १६ लाख ५२ हजार ४५३ बैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । त्यस्तै, २ लाख ६२ हजार ५०६ वटा बीमालेख दोहोरिएको हुन सक्ने समितिले अनुमान गरेको छ ।

Prabhu
Crest

त्यस्तै, समितिको तथ्यांक अनुसार आव २०७४/७५ मा बीमाको पहुँच १४ प्रतिशत रहेको थियो । उक्त अवधिमा कम्पनीहरुले ५२ लाख १६ हजार २४६ वटा बीमालेख जारी गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । त्यस्तै कम्पनीहरुले ६ लाख ४८ हजार ८४ बैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । सो अवधिमा २ लाख २८ हजार ६०७ बिमालेख दोहोरिएको हुन सक्ने समितिको अनुमान छ ।

पछिल्लो समयमा नेपालको बीमा क्षेत्रमा नयाँ कम्पनीहरु थपिए सँगै बीमाको पहुँच पनि बढेको छ । २०७३ साल पुसमा समितिको अध्यक्षमा चिरञ्जीवी चापागाईको नियुक्त पछि बीमाको पहुँच तिव्र रुपमाले बढेको छ । उनी समितिको अध्यक्षमा नियुक्त हुँदा बीमाको पहुँच १० प्रतिशत मात्रै थियो । अहिले बीमा समिति आफैले पनि बीमा सम्बन्धी विभिन्न खालको कार्यक्रम सञ्चालन गर्न थालेको छ । समितिले स्थानिय निकायमा पुगेर विभिन्न छलफल सुरु गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS