IME Life

स्वास्थ्य वर्धक पेय माल्टोजिङ बजारमा

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्


चौधरी समूह उत्पादनशील क्षेत्रमा स्थापित नामले पहिचान बनाई सकेको छ । यही समूहको सहकार्यमा माल्टोजिङ नामक स्वास्थ्य वर्धक उत्पादन बजारमा ल्याएको छ । । कम्पनीले न्युट्रासिटिकल विभाग स्थापना गरी बि।एल।सी होल्डीङस अन्र्तगत इन्सटयान्ट मिल्स प्रा।लि मार्फत पूर्ण प्राकृतिक जौं बाट उत्पादित सबै वर्ग र उमेर लक्षित माल्टोजिङ क्लासीक र चकलेट सहित दुई उत्कृष्ट स्वादमा उपल्वध भएको जनाएको छ ।

सबै वर्गमा पहुँच वृद्धिका लागि प्रतिपर्थी मूल्य विशेस आकर्षण रहेको छ । यस कारण माल्टोजिङ चकलेट फलेवर रु।३३०  र माल्टाको रु। ३५० उपभोक्ता मूल्य तोकिएको कम्पनीले जनाएको छ । नेपालको सातै प्रदेशका सबै सहरमा सहजै भेटिने यस पेयमा शरीरलाई आवश्यक पर्ने आयो डिन, भिटामिन ए,डी र सी का साथै सबै खनिज पदार्थले भरिएको कम्पनीको दाबी छ । यसबाट ग्रामीण क्षेत्रको बालबालिकामा देखिने कुपोषणलाई निर्मूल पार्न समेत यो ब्रान्ड सहयोगी हुने कम्पनीले विश्वास लिएको छ ।

Crest

बि।एल।सी होल्डीङसका प्रबन्ध निर्देशक पारस शाक्यका अनुसार माल्टोजिङ मित्र राष्ट्र भारतमा उत्पादन गरिएको भए पनि यसमा पाइने सम्पूर्ण खनिज तत्व चौधरी समूहका खाद्य प्राविधिज्ञबाट सुझाएको छ । बजारमा उपल्वध यस्तै प्रकारका पेय पदार्थलाई चिकित्सले जङ्ग फुड अन्र्तगत राख्ने गर्दछ । भने माल्टोजिङमा खनिज पदार्थ मात्र भएकोले यसको सेवनबाट शरीरमा अन्य असर नहुने उनको दाबीरहेको छ ।

त्यस्तै कम्पनीका कार्यकारी निर्देशक होम नाथ न्यौपानेका अनुसार माल्टोजिङ उत्पादन प्रविधिमा विश्व स्वास्थ्य सगंठनले सुझाएको उत्पादन मापदण्डलाई अपनाइएको छ । यसकलाई भारतीय कम्पनीले एफ।एस।एस।आई गुणस्तर प्रमाणी करण गरेको छ , जुन सगंठनको खाद्य र औषधि उत्पादन प्रक्रिया मापदण्ड भित्र पर्ने गर्दछ ।

नेपालमा यस प्रकारका पेय पदार्थको कारोबार वार्षिक एक सय ८० करोडको हुने गर्दछ । जस मध्ये अत्यधिक मन पराइएको माल्टले ७० प्रतिशत बजार हिस्सा ओगटेको छ , बाँकी ३० प्रतिशत चकलेट फेल्वरको छ । भने माल्टोजिङले दुवै श्रेणीमा उच्च बजार हिस्सा ओगट्ने लक्ष्य सहित तिब्र बजारी करणमा उत्रिएको उनले खुलासा गरेका छन् ।

त्यस कारण स्वास्थ्य वर्धक माल्टोजिङ उपभोग गरी शरीरलाई स्वस्थ राख्दै नेपाली उत्पादनलाई टेवा दिन समेत उनले अनुरोध गरेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS