IME Life

१ सय पटक कारोबार गर्ने लगानीकर्ताका सङख्या ५०२

SPIL
NIC ASIA

पुँजी बजारमा १ सय पटक कारोबार गर्ने लगानीकर्ताको सङख्या ५०२ पुगेको छ । गत कात्तिक २० देखि माघ महिनासम्ममा भएको कारोबारले यस्तो तथ्याक देखाएको हो ।

Prabhu
Crest

त्यस्तै ८२० जनाले ७० पटक कारोबार गरेका छन् । ६० हजार ३३७ जनाले १० पटक अनलाईन कारोबार गरेका छन् । ३२ हजार ५३२ जनाले एक पटक भएपनि अनलाईन कारोबार गरेको देखिएको छ ।

नेप्सेले गत कार्तिक २० गते देखि औपचारिक रुपमा अनलाईन कारोबार सिस्टम सञ्चालनमा ल्याएको हो । तर, अनलाईन सिस्टम डिस्प्लेमा समस्या देखिए पछि लगानीकर्ता रुष्ट भएका छन् । धितोपत्र बोर्डको सुझाव विपरित सामान्य खालको सफटवेयर प्रयोग गरेका कारण अनलाईन सिस्टममा समस्या देखिएको लगानीकर्ताले आरोप लगाएका छन् ।

तर, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भने नेप्सेमा खासै ठूलो समस्या नभएको बताएका छन् । लगानीकर्ताले एक भन्दा बढी डिम्याट खाता खोलेका कारण अनलाईन सिस्टममा सुरुवात समस्या देखिएको उनले बताए । तर, अहिले धेरै समस्या समाधान भएको उनको दाबी छ ।

उनका अनुसार अनलाईन लगईन लिएर कारोबार गर्ने लगानीकर्ताको कुनै गुनासो छैन । तर, अनलाईन लगईन नलिएका लगानीकर्ताले अनलाईन सिस्टमको बिषयमा बजारमा हल्ला चलाएको उनले बताए ।

तीन महिना भन्दा बढीको अवधिमा २ हजार ८१५ जना अनलाईन लगईन लिएका छन् । जसमध्ये १ हजार ४५२ जनाले मात्र अनलाईन लगनईको प्रयोग गरेका छन् । हालसम्म ६७ हजार ३१५ जनाले अनलाईन लगईन प्रयोग गरी कारोबार गरेका छन् । १ लाख ७२ हजार ४१४ लगानीकर्ता अनलाईन प्रणालीमा सक्रिय छन् ।

अनलाईन सिस्टमको सुरु भएको देखि हालसम्म ७१ दिन कारोबार भएको छ । उक्त अवधिमा २६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अनलाईन लिएका लगानीकर्ता नामबाट भने जम्मा ३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सो अवधिमा २ लाख ८० हजार ७६० वटा काराबोर भएको नेप्सेका कार्यकारी प्रमुख चन्द्र सिंह साउदले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS