IME Life

निर्जीवन बीमा कम्पनीहरुको औसतमा नाफा घट्यो, वास्तविक प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA

नेपाल स्टक एक्चेञ्जमा १५ वटा निर्जीवन बीमा कम्पनीहरुको शेयर किनबेच हुन्छन । १५ निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७५/७६ को दोश्रो त्रैमास ( ६ महिनाको ) वित्तिय विवरण प्रकाशन गरेपनि खुद नाफाको हिसाबमा सन्तोषजनक देखिएको छैन ।

१५ निर्जीवन बीमा कम्पनीको खुद नाफा औसतमा गत आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा यो आर्थिक वर्षको दोश्रो त्रैमास सम्मा करिब ३ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

यो त्रैमासमा युनाईटेड इन्स्योरेन्सको नाफा सर्वा्धिक ५७ प्रतिशत र रास्ट्रीय बीमा कम्पनीको खुद नाफा ५५ प्रतिशतले घटेको छ ।

यो वर्ष सबै भन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल इन्स्योरेन्स पर्दछ । नेपाल इन्स्योरेन्सले सर्वा्धिक आफ्नो खुद अनाफा ७१ प्रतिशतले वृद्धि गरेको छ ।

१५ निर्जीवन बीमा कम्पनीको औसत प्रति शेयर आम्दानी २८ रुपैयाँ छ । सबै भन्दा धेरै प्रति शेयर आम्दानी रास्ट्रीय बीमा कम्पनीको छ । राष्ट्रिय बीमा कम्पनीको प्रति शेयर आम्दानी १२६ रुपैयाँ ३४ पैसा छ भने सबै भन्दा थोरै प्रति शेयर आम्दानी प्रभु इन्स्योरेन्सको ८ रुपैयाँ रहेको छ ।

नोट: एभरेस्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको हकप्रद प्रयोजनाक लागि बुक क्लोज भैसकेको र मूल्य समायोजन भए पश्चात नयाँ चुक्ता पूँजीका आधारमा प्रति शेयर आम्दानी गणना गरिएको छ ।

वार्षिकरण नभएको प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS