IME Life

पूँजी बजारसँग सम्बन्धित नीति निमय लागू गर्दा सरोकारवालसँग छलफल गर्नुपर्छ, झुक्काउनु हुँदैन :अर्थ समितिमा सेयर बजार विज्ञ डा.भट्टले दिएको सुझाव

SPIL
NIC ASIA
डा.गोपाल प्रसाद भट्ट, सेयर बजार बिज्ञ

सेयर बजारमा सुचनामा संवेदनशिल हुन्छ । सुचनाले बजारलाई ठूलो प्रभाव पारेको हुन्छ । यदि वल्ड बैंकले नेपालमा बजार खत्तम हुने भयो भन्यो भने त्यसको असर बजारमा देखिन्छ ।

जे बोल्यो त्यसको प्रभाव तुरन्त आउँछ । कसले बोल्यो भन्ने कुराले पनि बजारमा प्रभाव पार्छ । नियमनकारी निकाय, सरकारी, अन्य संयत्रहरुले बोल्ने साथ बजारमा प्रभाव पर्छ । यस्ता निकायहरुले गर्ने इशाराले पनि बजारलाई प्रभावित बनाउँछु ।

Prabhu
Crest

त्यसैले सुचना पनि धेरै संवेदनशील हुनुपर्छ । सुचना परिसूचकसँग सम्बन्धित हुन्छ । सुचनाले आशा, आशाले माग र आपूीर्त, माग र आपूर्तिले परिसूचकलाई प्रभाव पार्छ । यो संवेदनशिलता हामीले बुझनु पर्छ ।

बजार तल झार्नुमा सुचनाले भूमिका खेल्छ । पोलिसी मेकर, नीति निर्माता, नियनकारी निकाय, मन्त्रालयका व्यक्तिहरु जथाभावी बोल्नु भएन । आज यो ससदीय समितिमा पुग्नु पर्ने बिषय नै होईन ।

हिजो मात्रै अर्थमन्त्री ज्यूले बैकको ब्याजदर म नै तोकिदिउ भन्नु भयो । २०४५ साल पछि हामीले खुल्ला अर्थनीति अपनाएका छौ । खुल्ला अर्थतन्त्रमा बजारले नै माग र आपूर्ति निर्धारण गरो भन्ने हो । जिम्मेवार व्यक्तिले ब्याजदर तोकि दिउ भन्ने सुचना आउँनु ठिक होईन ।

बजारको ब्याज सरकारले तोक्ने हौईन । बजार खुल्ला इकोनोमि हो भने बजारले निर्धारण गर्छ । तर, त्यो अर्थमन्त्रीको त्यस्तो अभिव्यक्तिले आम लगानीकर्ताले व्यक्ति, संस्था र सरकारले ब्याजदर तोक्ने रहेछ भन्ने बुझछ । केन्द्रिय बैंकले होईन । त्यसैले यस्तो बिषय बोल्नु भएन ।

ब्याजदर मन्त्रालयले तोक्ने सिस्टम होईन । सुचनामा बजारमा संवेदनशिल हुने भएकाले सम्बन्धित निकायले जे पायो त्यहि बोल्नु भएन । बरु रिजल्टमा जानु पर्छ । काम गरेर देखाउँनु पर्छ । बोलेर हैन ।

हो, बजारको लागी नियमनकारी निकायले जस्तो खालको पोलिसी परिवर्तन गर्न सक्छ । प्यान लगाउन चाहनुहुन्छ लगाउँनुहोस । अनलाईन सिस्टम र क्यापिटल गेन ट्याक्स लगाउन चाहनुहुन्छ लगाउँनुहोस । यो ठिक छ । यो आवश्यक पनि छ । तर, सरोकारवालाहरुलाई यसको बारेमा जानकारी दिनुपर्छ ।

जस्तै प्यानको कुरा जायज छ । तर, भनी दिनु प¥यो । झुक्काउन भएन । सम्झायो भयो भने कसले मान्दैन र ? यसको फाईदा बेफाईदा बताईदिनु परयो । प्यान र अनलाईन यो कारणले ठिक छ वा छैन भन्नु परयो । बजारको अर्कौ सुन्दरता भनेको सम्बन्धित निकायलाई सुसुचित गराउँनुपर्छ ।
हाम्रो नराम्रो मानसिकता के छ भने स्टक मार्केट नीजिज क्षेत्र हो । यसमा सरकार क्लियर हुनुपर्छ कि यदि मुलुक समृद्धिमा लैजाने हो भने नीजि क्षेत्रलाई अगाडी बढाउँनु पर्छ । कुनै मुलुकको लागी पूँजी बजार आवश्यक छ भन्ने बिषयमा सरकार क्लियर हुनुपर्छ ।

यसलाई जुवाघर भन्नु भएन । दोस्रो बजार जुवाघर होईन । यो बजार भएन भने के हुन्छ भन्ने खालको हैसियत हामीले देखि सक्यौ । प्राथमिक बजारमा अहिले सेयर विक्री भएको छैन । एकातिर हामी नयाँ नयाँ बास्तविक क्षेत्रका कम्पनीलाई बजारमा भित्राउँछु भन्ने अर्कोतिर ति कम्पनीहरुले भने जति पूँजी संकलन गर्न सकेनका छैनन् ।
फलस्वरुप अण्डर राईट गरेकाले सेयर खरिद गर्नु परेको छ । यसको मुख्य कारण भनेको हामीले दोस्रो बजारलाई राम्रोसँग सम्बोधन गर्न नसक्नु हो । जब राज्यले बजारको वेवास्ता गर्छ । बजारलाई जुवाघर भन्छ ।

जब कोही सेयर खरिद र विक्री गर्न आउँदैनन तब स्भाविक रुपमा बजार पनि विकास हुन सक्दैन । यस्तो अवस्थामा नेप्से, बोर्ड पनि चाहिदैन । सबै राज्यले गर्छ नि । त्यसैले हामीले विश्वास गर्नु परयो । यो आवश्यक बजार हो । गाउँ गाउँमा लगानी पुगेको छ । युवाले प्रवेश गरेका छन् । त्यसैले सु्चनाको संवेदनशिलता बुझनु परयो ।

बजारमा अहिले कुनै समस्या छैन । संरचना समस्या छ । आर्थिक समस्या छैन । सबै आर्थिक परिसूचक सकरात्मक छन् । यतिबेला बजार त हाई हाई हुनुपर्ने हो । बजारमा माग बढी रहनुपर्ने हो । बजारमा एउटै कुरामा मात्रै कमजोर छ त्यो भनेको आपूर्ति बढ्नु हो । अहिले सेयर आपूर्ति ३० गुणाले बढेको छ । यसले केही घटेपनि आर्थिक अवस्था र कम्पनीको वित्तिय विवरण हेर्ने हो भने माग बढनु पर्ने हो । पोलिसी मेकरबाट संरचनामा समस्या आएका छन् । त्यसैले संवेदनशिल हुनुपर्छ ।

अहिलेका ब्रोकरको प्रतिस्पर्धाका लागी बैंकलाई ब्रोकर लाईसेन्स दिनु पूर्व गम्भिर रुपमा सोच्नुपर्छ । नयाँ पुस्ताका ब्रोकरमा आउँदा पुरानाले प्रतिस्पर्धाको अनुभव गरेका थिए । २३ बाट ५० हुदा पनि यस्तो समस्या भएको थियो । प्रतिस्पर्धा कसैले रुचाउँदैन । तर, भोलिक बैंकले पायो भने बिमा कम्पनीले पाउँने कि नपाउने भन्ने प्रश्न पनि आउला । कम्पनीलाई मात्रै दिने हो भने अन्य कम्पनीलाई किन नदिने भन्ने प्रश्न पनि आउँला ।

बजारमा बैकिङ्ग क्षेत्रको ८० प्रतिशत प्रभाव पारेको छ । बैकको ब्याजदर घट्दा बजार बढ्छ । ब्याजदर बढ्दा बजार घट्छ । फेरी तिनै बैकका सिईओहरु मालिक भएका छन । सेयर पनि किनेका छन् । यसले इन्साईडर टेडिङ्गको जोखिम बढ्छ । किनभने सुचना पनि उनीहरुलाले नै पहिला पाउँछन् । सहायक कम्पनी भनेको मालिक त एउटै हो नि । यो प्रश्नको उत्तर दिनुपर्छ ।

यदि त्यहाँ इन्साईडर टेडिङ्ग हुदैन भन्ने कुरामा विश्वस्त पार्नु भयो परयो । हुन त संस्थागत ब्रोकर भयो भने विश्वसनियता हुन्छ । एक पटक डुबे पनि सबै साख गुम्छ । त्यसैले राम्रो काम गर्छ । यो तर्कमा कुन बलियो छ भने अध्ययन गर्नुपर्छ ।

नेपालमा पूँजी बजारमा बास्तविक क्षेत्रको सहभागिता धेरै काम छ । रियल सेक्टरलाई भित्राउँनु सरकारले प्रयास गर्नुपर्छ । बैकहरु पनि चाहेर आएका हैनन् । पब्लिकमा बैकहरु आफै जान चाहेका त हैनन् । नियमनकारी निकायले जबरजस्ती गरेकी कारण यस्तो भएको हो । रियल सेक्टरलाई निश्चित पुँजी भन्दा माथि भएमा कम्पनीमा आउँनुपर्छ भन्ने व्यवस्था गर्नुपर्छ । सेयर जारी गर्ने व्यवस्था गर्नुपर्छ । राज्यले बाध्यकारी गर्नुपर्छ ।

त्यसपछि मात्रै परिदर्शिता आउँछ ।सिण्डीकेशन विरोधी हो म । पछिल्लो समयमा अर्थमन्त्रालयमा गएर उद्योगी र बैक बिच ब्याजदरमा बार्गेनिगं भयो । यो कुनै मुलुकमा हुँदैन । नेपालमा मात्र भयो । बजार अर्थतन्त्रमा ब्याजदर बजारले निर्धारण गर्छ ।

सेयर घट्यो भन्ने चिन्ता किन गर्ने गर्ने लगानीकर्ताले ? यदि राज्यले सर्ट सेलिग मेकानिजमको विकास गर्ने हो भने लगानीकर्ता घाटामा कहिल्यै जादैनन् । सेयर बढेको समयमा विक्री र सेयर बजार घटेको बेला खरिद गरिदिने व्यवस्था गर्नुपर्छ । मर्जिन लेण्डिगंंको सुविधा दिदा सर्ट सेलिगंको अध्ययन गर्नुपर्छ । यो भयो भने लगानीकर्ता आत्तिनु पर्दैन । यो फोरममा म अर्को सुझाव दिन चाहन्छु ।

राज्यले लगानीको बैकल्पिक औजारको बिषयमा सोच्नु पर्छ । त्यो गरयो लगानीकर्ता आत्तिई रहनु पर्दैन । बैकल्पिक औजारबाट कमाउँनु भन्न सकिन्छ । बैकल्पिक वित्तिय औजारको लागि इन्टरफाईनान्सिग लगानी मेकानिजमको विकास गर्नुपर्छ । यसका लागी नियमनकारी निकायले नै हेर्नुपर्छ । यस्तो मेकानिजममा साना लगानीकर्तालाई ठूलो लगानीकर्ताले फाईनान्सिगङ्ग गर्छ । पछि त्यो कम्पनीको रुपमा स्थापित हुनछ ।

नाफा कमाए पछि त्यो कम्पनीलाई पब्लिकमा लैजानन्छन् । यद्यपी अहिले पनि केहीले यस्तो काम गरेका छन् तर, त्यो कानुनी रुपमा छैन । कानुनी दायरामा ल्याउँनुपर्छ । यो पूँजी बजारको आधार हो ।
नियमनकारी निकायले हेर्नुपर्ने अर्को पक्ष भनेको प्राईसिगं सिस्टम हो । अहिलेको मूल्य निर्धारणको आधार प्राविधिक नै छैन । सेयरलाई प्राईसिगं गर्ने काम नियमनकारी निकाय हो ।

हामी न बण्ड मार्केटमा छौ, न डेरिभेटिभ मार्केटमा छौ । हामी बिचको स्कट मार्केटमा छौ । बण्ड मार्केट सरकारले चलाउँने हो । डेरिभिजट मार्केटको हकमा कमोटिडी बजारका लागी सेवोनमा केही कम्पनीले आवेदन दिएका छन् ।

तर, अहिलेसम्म एउटाले पनि लाईसेन्स पाएका छैनन् । बण्ड, स्टक, अक्सन, स्वापले बजारमा हुने जोखिमलाई कम गर्न उचित उपकरण हो । जसरी बीमा क्षेत्रमा पुर्नबिमा कम्पनीले सुरक्षा दिन्छ । त्यसैगरी पूजी बजारमा बण्ड, अक्सन र स्वाप लगायतले सहयोग गर्छ ।

अन्त्यमा पूँजी बजार पूर्ण रुपमा प्राविधिक छ । त्यसैले यसलाई बुझनको लागी नियमनकारी निकाय पनि प्राविधिक व्यक्ति हुनुपर्छ भन्ने सल्लाह दिन चाहन्छु । साथै सम्बन्धित निकायले विज्ञसँग पनि सल्लाह लिनुपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS