जीवन बीमा कम्पनीले पुर्नबिमाका लागी साढे १५ करोड खर्चिए

चालु आर्थिक बर्ष २०७५/७६ को मंसिर महिनासम्ममा जीवन बीमाहरुले पुर्नबमा बापत १५ करोड ३१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । पुर्नबीमा बापत कम्पनीहरुले ९० लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । पुनर्बीमकबाट व्यहोरिने कूल दावी रकम १२ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै उक्त अवधिमा निर्जीवन बीमा कम्पनीहरुले पुर्नबिमा बापत ६ अर्ब २२ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेका छन् । पुर्नबीमा बापत कम्पनीहरुले १ अर्ब ५६ करोड २१ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । त्यस्तै निर्जीवन बीमा बापत मार्फत पूनर्बीमकबाट व्यहोरिने कूल दावी रकम २ अर्ब ६ करोड ६३ लाख रहेको छ ।

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु र २० वटा निर्जिवन बीमा कम्पनीहरु रहेका छन् ।  नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपालकै नेपाल पुनर्बीमा कम्पनी संग गर्नु पर्ने अनिबार्य गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार