IME Life

हेरौ जीवन बीमा कम्पनीहरुको लाभांस ईतिहास : नेपाल लाईफका लगानीकर्ताले पाए सर्वाधिक प्रतिफल

SPIL
NIC ASIA

दोस्रो  बजारमा सुचिकृत ७ जीवन कम्पनीहरुको लाभांसको इतिहास हेर्दा सबै भन्दा धेरै लाभांस दिनेमा नेपाल लाईफ इन्स्योरेन्स पर्दछ । नेपाल लाईफ इन्स्योरेन्सले ५ वर्षको अवधिमा २८९ दशमलव ६२ प्रतिशत लाभांस दिएको छ । जसमा २२२ प्रतिशत बोनस शेयर पर्छ भने ६७ दशमलव ६२ प्रतिशत नगद लाभांस ।

पुराना जीवन बीमा कम्पनीहरुमा सबै भन्दा थोरै लाभांस दिने कम्पनीमा गुराँस लाईफ इन्स्योरेन्स पर्दछ । गुराँस लाईफले यो ५ वर्षको अवधिमा २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६ प्रतिशत नगद लाभांस दिएको छ । जसमा आर्थिक वर्ष ७३/७४ को लागि प्रस्तावित ८ प्रतिशत बोनस शेयर र ० दशमलव ४२१ प्रतिशत नगद लाभांस साधारण सभा बाट अनुमोदन हुन् बाँकी नै छ ।

Prabhu
Crest

त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७३/७४ को लाभांस प्रस्ताव गरे पनि साधारण सभाले प्रस्ताव पारित गर्न बाँकी नै छ ।

निरन्तर ५ वर्ष लाभांस दिने ३ मात्र

आर्थिक वर्ष २०६९ /७० देखि आर्थिक वर्ष २०७४/७५ को समय भित्र प्रत्यक वर्ष लाभांस दिने कम्पनीहरु ३ वटा मात्र रहेको छन् । नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले मात्र लगातार ५ वर्ष लाभांस दिएको छन् । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७३/७४ को लाभांस प्रस्ताव गरे पनि साधारण सभाले प्रस्ताव पारित गर्न बाँकी नै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS