SKIP THIS

Slicl

प्रभु लाइफ र कामना सेवा बैंक बीच बीमा सेवा सम्झौता

प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने रकामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए पश्चात यसकामना सेवा बिकास बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौत सँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार