SKIP THIS

PCL

नेप्से १२.७२ अंकले घट्यो, कारोबार रकम १६ करोड ६१ लाख

साताको  चौथो दिन नेप्से १२ दशमलव ७२ अङ्कले घटेर १११२ दशमलव २३ अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट छ । उत्पादनमूक क्षेत्रको परिसुचकमा ० दशमलव ४४ अंकको वृद्धि आएको छ ।

सबैभन्दा धेरै अपर तामाकोशिको ९३ लाख ५० हजार बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नेपाल सेवा लघुवित्तकोे शेयर ५ दशमलव ३८ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार