IME Life

गैरआवासियले नेपाली पूँजीबजारमा लगानी गर्लान् भन्ने भ्रममा नपर्नुहोस् :अर्थसमितिमा सांसद रामकुमारी झाक्रीले बजारको बिषयमा दिएको सुझाव

SPIL
NIC ASIA

सेयर बजारमा मनोविज्ञानको समस्या छ । अहिले कम्प्यूनिष्ट बहुमतको सरकार छ । सरकारले मुलुकको अर्थतन्त्रलाई बुझने व्यक्तिलाई अर्थमन्त्री नियुक्त गरेको छ । तर, यस बिषयमा बजारमा दुई खालका धुव्रीकरण देखियो । कतिपयले जाने वा नजानेर यसको बिरोध गरि रहे ।

तपाईहरुको कहिले सरकारले बजारमा हस्तक्षेप गर भन्नुहुन्छ । कहिले सरकारको हस्तक्षेप गर्नु हुँदैनन भन्नुहुन्छ । तपाईहरु आफु अनुकुल सरकारको उपस्थित चाहनुहुन्छ । अनुकुल परिस्थित हुँदा स्वतन्त्रता खोज्नुहुन्छ । प्रतिकुल परिस्थितीमा राज्यले हस्तक्षेप गरोस भन्ने चाहनु हुन्थ्यो । बिषेश गरी साना व्यवसायी र लगानीकर्ता बजारमा सरकारको हस्तक्षेप होस भन्ने चाहन्छ तर, ठूला सिमित व्यक्तिहरु भने सरकारको हस्तक्षेप नहोस भन्ने चाहन्छन् । कहिले राज्यले बजारमा नियन्त्रण गर्नुहुँदैन स्वतन्त्र छोडी दिनुपर्छ भन्नुहुन्छ । कहिले राज्यले नियन्त्रण गर्ने माग गर्नुहुन्छ । त्यो भन्दा पूँजी बजारका सरोकारवाला पक्षहरु यो सरकारले पूँजी बजारलाई अगाडी बढ्न दिदैन । हस्तक्षेप गर्छ भन्ने खालको नकरात्मक भावना छ । तपाईहरुलाई नै यो नकरात्मक समाचार बजारमा फैलाई रहनु भएको छ । तपाईहरुले नै बजार घटाउँनु भएको छ । र बजार आजको अवस्थामा आउँनुमा तपाईहरुकै जिम्मेवारी हो ।

Prabhu
Crest

नियमन निकायले तपाईहरुलाई के के अप्ठेरो पारयो । तपाईहरु हामीलाई बताउँनुहोस । प्यानमा जानु हुन्न भने नजानु होस । तर, प्यानमा जान के के कुराले अप्ठेरो पारयो हामीलाई बताउँनुहोस । के ले रोक्यो ? हामीलाई भन्नु होस । १, २ ३ गरी किटान बुदागत रुपमा समस्या हामीलाई बताउँनुहोस । हामी समाधान गर्ने प्रयास गर्नेछौ ।

पूँजी बजार सेन्सेटिभ छ । बजारलाई हामी लगाम लगाउँदैनौ तपाईहरु किन आत्तिनुहुन्छ । बजारको जिम्मेवारी तपाईहरुको नै हो । बजारलाई कस्तो दिशामा लैजाने तपाईहरुको जिम्मा हो ।

समन्वयको अभाव

पूँजीमा देखिएको अर्को समस्या भनेको समन्वय हो । बजारका सरोकारवाला पक्षहरु लगानीकर्ता, ब्रोकर, नेपाल धितोपत्र बोर्ड र नेप्से बिच नै म तालमेल देख्दिन । तपाईहरु बिच नै राम्रो सम्बन्ध छैन । लगानीकर्ता लगानीकर्ता बिच नै पनि सम्बन्ध राम्रो छैन । ठूला लगानीकर्ताको भनाई एउटा छ भने साना लगानीकर्ताको भनाई अर्को छ । साना लगानीकर्ता सरकारको हस्तक्षेप खोजीरहेका छन् भन् ठूला लगानीकर्ता सरकारलाई खबरदार गरिरहेका छन् । यस्तो अवस्थामा सरकारले पूँजीको बजारको समस्याको पहिचान कसरी गर्न सक्ला । तपाईहरु मिलेर आउँनुहोस । यो यो समस्या छ भनेर हामीलाई भन्नुहोस । हामी समाधान गर्नेछौ ।

ब्रैकलाई ब्रोकर लाईसेन्स दिन हुँदैन

बैकलाई ब्रोकरको लाईसेन्स दिन पूर्व गम्भिर रुपले सोच्नुपर्छ । बैक भनेको नाफा कमाउँने संस्था हुन् । त्यसैले यिनीहरुले नाफा कम हुने जोखिम धेरै हुने स्थानमा काम गर्दैनन् । यदि बैकहरुले ब्रोकरको काम गरे भने म राजनीति नै छोडी दिन्छु । भित्री कुरा मलाई थाहा छैन तर, बैकले ब्रोकरको काम गर्दैनन् । लालित्यपुर्ण कुरा गरेर मात्रै हुन्छ र ?

गैरआवासियले लगानी गर्दैनन

लगानीकर्ताहरुले ५८ बुदाँको माग गर्नुभएको रहेछ । तपाईको सबै माग जायज छैनन् । ५८ बुदाँमध्ये ३ वटा बुदाँ गैरआवासिय लगानीको माग गरेका छन् । तर, तपाईहरु ढुक्क हुनुहोस कुनै पनि हालतमा गैरआवसियले नेपालको पूँजी बजारमा लगानी गर्दैनन् । म मरो पार्टीको तर्फको गैरआवसियसँग काम गर्दै आएकी छु । तर, कोही पनि नेपालमा लगानी गर्न तयार छैनन् । त्यसैले गैरआवासियले नेपालमा लगानी गर्नेछन् भन्ने भ्रममा नपर्नु होस् ।

पूँजी बजारलाई सहयोग गर्न हामी तयार छौँ

लगानीकर्ता आत्तिनु पर्दैन । हामी पूँजी बजारलाई सहयोग गर्न तयार छौ । तर, गुणस्तरीय लगानीकर्ता बजारमा हुनुपरयो । सरोकारवालाहरुले पनि बजारको बिषयमा राम्रो सुचना दिनु परयो । २००८ मा जब विश्वमा आर्थिक मन्दी छायो त्यतिबेला भारतको सेयर बजार डुबेन । किनभने त्यस्तो बिषम परिस्थितिमा पनि कुनै पनि निकायले बजारमा मन्दी छाएको हल्ला फिजाएनन् । सहयोग गरि रहे । मिडिया र नीजि क्षेत्रले सहयोग गरी रहे ।

त्यसैले बजारमा के समस्या भएको हो तपाईहरुले ठयााक्कै बताउँनुहोस् । कुन कुन समस्या छ बुँदागत रुपमा हामीलाई लिखित रुपमा दिनुहोस । हामी पहल गर्छौ । तपाईको समस्या समाधान गर्न हामी सरकारसँग छलफल चलाउँछौ । यो समितिले आज छलफलको लागी बोलाउँनुको अर्थ भनेको तपाईहरुकै समस्या सुन्न र सामाधान गर्न हो ।

त्यसैले आजको फागुन ७ गते यो दिन तपाईहरुको अब बजार राम्रो हुन्छ भन्ने सकरात्मक सोच लिएर जानुहोस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS