बैंकलाई ब्रोकर लाईसेन्स दिने बिषयमा ब्रोकर र सेवोन विच चर्काचर्की

बैंकहरुलाई ब्रोकरको लाईसेन्स वितरण गर्ने बिषयमा नेपाल स्टक ब्रोकर एसोसियन र नेपाल धितोपत्र बोर्ड बिच चर्काचर्की भएको छ । बोर्ड बैकलाई ब्रोकर लाईसेन्स वितरण गर्ने तयारी गरीरहँदा ब्रोकरहरुले भने विरोध गरेका छन् ।

मंगलबार अर्थ समितिमा पूँजी बजारबारे भएको छलफलमा बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले ब्रोकरको क्षमता कम भएको बताए । बैकहरुको शाखा धेरै छ, त्यसैले उनीहरु ७५३ स्थानिय निकायमा पुग्न सक्ने उनले दाबी गरे । तर, यस बिषयमा ब्रोकरहरु विरोधमा उत्रिएको भन्दै उनले आपति जनाए । ‘पहिलो २३ वटा ब्रोकर थिए । मैले नै २७ वटा थपेको हो । २७ वटा थप्दा २३ वटाले विरोध गरेका थिए । अहिले भने पछिको २७ ब्रोकरले विरोध गरेका छन् । मलाई महाशत्रु ठानेका छन्,’ उनले भने ।

नेपाल स्टक एसोसियशनका अध्यक्ष भरत रानाभाटले भने बैकलाई ब्रोकरको लाईसेन्स दिदा इन्साईडर ट्रेडिङ्ग खतरा रहने बताए । यसका विकल्प ब्रोकरलाई नै शाखा विस्तारको अनुमती तथा एजेण्ट नियुक्त गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार