Prabhu Life Ad Final

बैंकले ब्रोकरको काम गरे म राजनीति छाड्छु : सांसद रामकुमारी झाक्री

IME PAY

सांसद रामकुमारी झाक्रीले बैकले सेयर बजार ब्रोकरको रुपमा काम गरे भने आफुले राजनीति नै छाड्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । मंगलबार संघिय संसदको अर्थ समितिमा भएको पूँजी बजार सम्बन्धी छलफलमा बैकहरुले ब्रोकरको जिम्मेवारी पुरा गर्न नसक्ने उनले दाबी गरेकी हुन् ।

नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको क्षमता कम भएको भन्दै बैकहरुलाई ब्रोकर लाईसेन्स वितरण गर्ने तयारी गरेको छ । तर, ब्रोकर रुपमा काम गर्दा नाफा कम र जोखिम बढी हुने भएकाले बैकले ब्रोकरको काम गर्न नसक्ने उनले बताईकी छिन् । ‘भित्रि कुरा के छ मलाई थाहा छैन । तर, नाफा कम र जोखिम धेरै हुने ठाउँमा बैकहरु जादैनन् । यो भ्रममा नपरौ । लालित्यपूर्ण कुरा गरेर हुन्छ ?,’ उनले भनीन् ।

NCHL

त्यस्तै, छलफलमा पूँजी बजार विज्ञ डा. गोपाल प्रसाद भट्टले बैकलाई ब्रोकर लाईसेन्स दिनु व्यवहारिक नभएको बताए । ‘बैकलाई दिदा भोलि बिमा कम्पनीले पनि माग्लान् । सबै दिन सकिन्छ र ?,’ उनले भने ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x