एलआईसी नेपाल र जानकी फाइनान्स बीच बीमा सेवा सम्झौता

एलआईसी नेपाल र जानकी फाइनान्स कम्पनी लिमिटेड  बीच बीमा सेवा सम्झौता भएको छ । जनकपुरमा आयोजित एक समारोह बीच उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंह र एलआईसी नेपालको तर्फबाट बित्त विभाग प्रमुख विपिन कुमार लालले  हस्ताक्षर गरेका छन्  ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सिंह ले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सवै शाखा कार्यालयहरुबाट प्रदान गर्ने बताएका छन् ।

कार्यक्रममा एलआईसी नेपालका बित्त विभाग प्रमुख श्री विपिनकुमार लालले जानकी फाइनान्समार्फत जीवन बीमा सेवा दिन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख विद्या श्रेष्ठले जीवन बीमा लिन चाहने ग्राहकले ढुक्कका साथ जानकी फाइनान्स कम्पनीमार्फत बीमा पोलिसी लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार