Prabhu Life Ad Final

फागुन १५ देखि ग्लोबल आइएमईको १५ लाख युनिट ऋणपत्र खुल्दै

IME PAY


ग्लोबल आइएमई बैंकले फागुन १५ गत ेदेखि १५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये ५ लाख ९७ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बैंकले ३० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएपनि ३ हजार कित्ता मात्र बाँडफाँट भएको छ । सामूहिक लगानी कोषहरुले नकिनेको २७ हजार इकाई पनि थप गरी सर्वसाधारणलाई कुल ५ लाख ९७ हजार इकाई बिक्री गर्न लागिएको हो ।

कुल जारी गरेको इकाईमध्ये ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ । ग्लोबल आइएमईले ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०।८१’ जारी गर्न लागेको हो । वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

NCHL

लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म आवेदन दिन सकिनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x