IME Life

पहिलो त्रैमासमा नै निर्जीवन बीमा कम्पनीले साढे ४ अर्ब बराबरको कृषि बिमा गरे

SPIL
NIC ASIA

चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कृषि बीमा व्यवसाय गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार कम्पनीहरुले चालु आवको तीन महिनाको अवधिमा उक्त रकम बराबरको बाली, पशुपन्छी तथा माछा बीमा गरेका हुन् ।

तथ्यांक अनुसार उक्त अवधिमा कम्पनीहरुले कृषि बीमा व्यवसाय बापत २१ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् । त्यस्तै सो अवधिमा कृषि बीमा बापत कम्पनीहरुलाई १६ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

Prabhu
Crest

उक्त अवधिमा कम्पनीहरुले २० करोड ४ लाख रुपैयाँ बरारबको बाली बीमा गरेका छन् । त्यस्तै, ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको पशुपन्छी तथा माछा बीमा गरेका छन् ।

जसबापत कम्पनीहरुले बाली बीमा बापत ९५ लाख ४७ हजार बीमाशुल्क आर्जन गरेका छन् भने पशुपन्छी तथा माछा बीमा बापत २० करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, बाली बीमा बापत कम्पनीहरुलाई सरकारले ७१ लाख ६० हजार अनुदान भुक्तानी गर्नुपर्नेछ भने पशुपन्छी तथा माछा बीमा बापत १५ करोड ६० लाख रुपैयाँ अनुदान भुक्तानी गर्नुपर्ने भएको छ ।
चालु आवको पहिलो त्रैमासको कृषि बीमा व्यवसायको विवरण
रकम रु हजारमा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS