नेप्से ७.२१ अंकले घट्यो, कारोबार रकम २३ करोड ४५ लाख

साताको दोस्रो दिन नेप्से ७ दशमलव २१ अङ्कले घटेर ११०२ दशमलव ५१ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

होटल र उत्पादनमूलक क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै नविल बैंक लिमिटेड प्रमोटर सेयरको २ करोड ४३ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको शेयर ९ दशमलव ०९ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार