IME Life

कुन वाणिज्य बैंक अघि को पछि ? हेरौ तुलनात्मक अध्ययन

SPIL
NIC ASIA

नेपालमा २८ वटा वाणिज्य बैंकहरु रहेकोमा नेपाल स्टक एक्सेंजमा २७ वटा वाणिज्य बैंकहरु कारोवार हुन्छन । रास्ट्रिय वाणिज्य बैंक बाहेक अरु बाँकी २७ वाणिज्य बैंकहरु शेयर बजारमा कारोवार हुने गरेका छन् ।

धेरै प्रति शेयर आम्दानी, थोरै मूल्य आम्दानी अनुपात र मूल्य र किताबी मूल्यको अनुपात (पीबी रेसियो ) थोरै भएको कारणले गर्दा पनि वाणिज्य बैंकहरु नेपालको शेयर बजारमा अण्डर भ्यालुड जोन तर्फ छन् भन्दा फरक नर्पला ।

Prabhu
Crest

ठुलो पुँजी भएको सेक्टर भएको कारणले गर्दा अन्य सेक्टर भन्दा यो सेक्टरमा शेयरको आपूर्ति धेरै छ । यही कारणले करोवारीहरुलाई वाणिज्य बैंक त्यति उपयुक्त नभएपनि दिर्घकालिन लगानीको लागि उपयुक्त क्षेत्र भएको शेयर बजारका जानकार बताउँछन् ।

२७ वाणिज्य बैंक मध्य दुई वटा वाणिज्य बैंकले मात्र ८ अर्ब पूँजीको लक्ष्य पुर्याउन बाँकी छ । कुमारी बैंक र एनसीसीबीले मात्र सो लक्ष्य हासिल गर्न सकेको अवस्था छैन । २ बैंकको पनि निकै थोरैले मात्र पुँजी वृद्धि गर्न बाँकी रहेकोमा बोनस शेयर बाटैसो पुँजीको लक्ष्य हासिल गर्ने अनुमान लगाउन सकिन्छ ।

२७ वाणिज्य बैंक मध्य जगेडा कोषमा नेपाल बैंक सबै भन्दा बलियो देखिएको छ । नेपाल बैंकको जगेडामा १९ अर्ब ६५ करोड रुपैयाँ संचित छ ।

हेरौ २७ वाणिज्य बैंकको चुक्ता पुँजी र जगेडा कोषको अवस्था (  राष्ट्रिय वाणिज्य बैंकको दोश्रो बजारमा कारोवार नभएको कारणले गर्दा समावेश गरिएको छैन। )

रकम हजारमा 

चुक्ता पुँजी गणना गर्दा बुक क्लोज पछिको पुँजी लगिएको हो  ।

निक्षेप र कर्जाको मामलामा एन आईसी बैंक सबै भन्दा अघि देखिएको छ । एनआईसी बैंकले १ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४९ अर्ब कर्जा प्रवाह गरेको छ ।

हेरौ २७ वाणिज्य बैंकको निक्षेप र कर्जाको अवस्था

रकम हजारमा

खुद नाफाको आधारमा नबिल बैंक अघि छ । नबिल बैंकले दोश्रो त्रैमास सम्म २ अर्ब  १७ करोड खुद नाफा गरेको छ। प्रति शेयर आम्दानीको आधारमा पनि नबिल बैंक अघि छ । नबिल को प्रति शेयर आम्दानी ५४ रुपैया २५ पैसा छ । २७ वाणिज्य बैंक मध्य १४ वटा वाणिज्य बैंकले यो ६ महिनाको अवधिमा १ अर्ब भन्दा धेरै खुद नाफा गर्न सफल भएका छन् ।

हेरौ २७ वाणिज्य बैंकको खुद व्याज आम्दानी र खुद नाफाको अवस्था

रकम हजारमा

प्रति शेयर आम्दानीको आधारमा नबिल बैंक अघि छ। नबिल बैंकको प्रति शेयर आम्दानी ५४ रुपैयाँ रहेको छ। हेरौ २७ वाणिज्य बैंकको प्रति शेयर आम्दानीको अवस्था :

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS