स्पर्श लघुवित्तले पायो २ लाख ६९ हजार कित्ता आइपीओ अनुमति

स्पर्श लघुवित्तले २ लाख ६९ हजार ६ सय ३० कित्ता साधारण शेयर (आईपिओ) जारी गर्नका नेपाल धितोपत्र बोर्ड बाट  अनुमति पाएको छ ।

लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल रहेको छ । शेयर निष्काशन पश्चात लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२.५० प्रतिशत र संस्थापक शेयरको ६७.५० प्रतिशत कायम हुनेछ ।

आईपिओ जारी गरे पछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैंया पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार