IME Life

पुराना जीवन बीमा कम्पनीलाई टक्कर दिदै नयाँ, नयाँ कसको अवस्था के छ ?

SPIL
NIC ASIA

बीमा समितिले १० नयाँ बीमा कम्पनीलाई संचालन अनुमति दिए संगै बीमा क्षेत्रमा निकै समय बहस चल्दै थियो । केहीले पुराना जीवन बीमा कम्पनीको अघि नयाँले केही गर्न नसक्ने टिप्पणी गरेकोमा अहिले भने हामी सामु निकै फरक दृश्य देखिन थालेको छ ।

अहिले संचालनमा आएका १० जीवन बीमा कम्पनी मध्य महालक्ष्मी लाईफ भर्खरै मात्र संचालनमा आएको जीवन बीमा कम्पनी हो भने बाँकी ९ जीवन बीमा कम्पनी केही समय अघि देखिनै पूर्ण रुपमा संचालनमा आएका थिए । इन्स्योरेन्स खबर टीमले ९ नयाँ जीवन बीमा कम्पनीलाई एक ठाउँमा राखेर तुलानात्मक अध्ययन गरेको छ ।

Prabhu
Crest

बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब पुँजीको लक्ष्य दिएकोमा साधारण शेयर निस्काशन पछि जीवन बीमा कम्पनीहरुको २ अर्ब पुँजी पुग्ने देखिन्छ । यसको मतलव अब १० जीवन बीमा कम्पनीको राम्रै मात्रामा आईपिओ आउने देखिन्छ ।
९ जीवन कम्पनी मध्य रिलायबल नेपाल लाइफको सबै भन्दा बलियो जगेडा कोष छ भने ज्योति लाईफको दोश्रो धेरै जगेडामा रकम संचित छ । कुनै पनि बीमा कम्पनीको नकारात्मक जगेडा छैन ।
जीवन बीमा कम्पनीको एकदमै महत्तोपुर्ण सूचांक मध्यको एक जीवन बीमा कोषमा युनियन लाईफ अगाडी छ । युनियन लाईफको जीवन बीमा कोषमा ९५ करोड ३३ लाख रुपैयाँ छ ।

बीमा शुल्क आर्जनमा युनियन लाईफ नै अगाडी छ । युनियन लाईफले १ अर्ब २ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने दोश्रोमा रिलायबल नेपाल लाइफ पर्दछ। रिलायबले ४९ करोड ७५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफामा भने रिलायबल नेपाल लाइफ नै अघि छ । कम्पनीले यो ६ महिनाको अवधिमा ९ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS