सिभिल बैंकको ४.०५ प्रतिशत नगद लाभांश प्रस्ताव

सिभिल बैंकले गत आर्थिक वर्ष २०७४/७५ को नाफा बाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको फागुन ३ गते बसेको २६४ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफा बाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफा बाट शेयरधनीलाई चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँको ४.०५ प्रतिशतका दरले हुन आउने २९ करोड ४० लाख दुई हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार