IME Life

अजोड, जनरल र सानिमा इन्स्योरेन्स बीच गरिएको तुलनात्मक अध्ययन !

SPIL
NIC ASIA

अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनीहरु हुन् ।

अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा इन्स्योरेन्स कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन:

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा
तीनै वटा निर्जीवन बीमा कम्पनीको पुँजी ७० करोड रुपैयाँ छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा तीनै कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिएर १ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने अवस्था देखिन्छ ।
जगेडा कोषको आधारमा
जगेडा कोषमा अजोड इन्स्योरेन्स नै अघि छ । अजोड इन्स्योरेन्सको जगेडा कोषमा २ करोड ४२ लाख संचित छ भने जनरल इन्स्योरेन्सको जगेडामा १ करोड ५२ लाख रुपैँया छ भने सानिमा इन्स्योरेन्सको जगेडा कोषमा १ करोड ४१ लाख रुपैँया संचित छ ।

बीमा कोषको आधारमा
बीमा कोषमा सानिमा इन्स्योरेन्स अघि छ । सानिमा इन्स्योरेन्सको बीमा कोषमा १ करोड ७९ लाख छ भने जनरल इन्स्योरेन्सको बीमा कोषमा १ करोड ६९ लाख छ त्यस्तै अजोड इन्स्योरेन्सको बीमा कोषमा ६१ लाख ९३ हजार रुपैयाँ संचित छ ।

खुद बीमा शुल्क आर्जन रकमको आधारमा
जनरल इन्स्योरेन्सले ५ करोड १५ लाख खुद बीमा शुल्क आर्जन गरको छ भने अजोड इन्स्योरेन्सले ३ करोड ७६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । सानिमा इन्स्योरेन्सले १ करोड ९ लाख खुद बीमा शुल्क आर्जन गरको छ ।

खुद दावी भुक्तानीको आधारमा

खुद दावी भुक्तानीको आधारमा जनरल इन्स्योरेन्स अघि छ । यो ६ महिनाको अवधिमा जनरल इन्स्योरेन्सले १२ लाख १४ हजार  खुद दावी भुक्तानी गरेको छ भने अजोड इन्स्योरेन्सले ११ लाख १ हजार  खुद दावी भुक्तानी गरेको छ । सानिमा इन्स्योरेन्सले ८४ हजार खुद दावी भुक्तानी गरेको छ ।

खुद नाफाको आधारमा

खुद नाफाको आधारमा जनरल इन्स्योरेन्स अघि छ । यो ६ महिनाको अवधिमा जनरल इन्स्योरेन्सले १ करोड २९ लाख खुद नाफा गरेको छ भने सानिमा इन्स्योरेन्सले १ करोड २८ लाख खुद नाफा गरेको छ । अजोड इन्स्योरेन्सले १ करोड २३ लाख खुद नाफा गरेको छ ।

 

 

जनरल इन्स्योरेन्सको प्रति शेयर आम्दानी ३ रुपैया ६९ पैसा, अजोड इन्स्योरेनसको प्रति शयर आम्दानी ३ रुपैयाँ ५४ पैसा छ भने सानिमा इन्स्योरेन्सको प्रति शेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा छ । प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ ।

 

 

कुल कायम रेहको बीमालेख संख्याको आधारमा
अजोड इन्योरेन्समा १३ हजार २ सय २८ बीमा लेख कायम छन् भने जनरल इन्स्योरेन्समा ८ हजार ९ सय ८० र सानिमा इन्स्योरेन्समा २ हजार ३ सय ७३ बीमा लेख संख्या कायम छन ।

 

 

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS