IME Life

के कारणले साता भरिमा २६.७० अंकले झर्यो बजार? अर्को साता के होला ? साप्ताहिक बिश्लेषण !

SPIL
NIC ASIA

खरिदकर्ताको बलियो उपस्थिति नहुदाँ अघिल्लो साता जस्तै यो साता पनि दोश्रो बजारमा बिक्रीकर्ता हावी भए ।
धेरै लगानीकर्ताहरु कम्पनीको वित्तीय विवरण राम्रो आउँदा आउंदै पनि लगानीकर्ताहरु आत्तिनु नपर्ने तर्क दिंदै आएका पनि छन् । यद्यपि तरलताको अभावका कारण बजारमा त्यस्तो ठुलो खरिद चाप भने देखिएको छैन ।

“प्यान“को विषयमा धेरै लगानीकर्ता र लगानीकर्ता संघहरुनै स्पष्ट नहुँदा बजारमा एक तहको अन्योलको अवस्था सिर्जना भएको देखिन्छ । यहि अस्पष्टताको बीचमा नेप्सेले भने प्यान लागू गर्न ब्रोकरहरुलाई सहजिकरण डेस्क राख्न निर्देशन दिएको छ । यसकारणले पनि बजारप्रति लगानीकर्ताहरु थप निरुत्साहित भएको देखिन्छ ।

Prabhu
Crest

“११०० परिसूचक एउटा बलियो मनोवैज्ञानिक बिन्दु भएकाले यो लेभलमा केही समय बजार बस्न संघर्ष गर्ने छ तर अब बजारले टेवा लिन मानेन भने प्यानिक सेल आउने सम्भावना देखिन्छ”- एक प्राविधिक विश्लेषकले इन्स्योरेन्स खबरलाई  बताए ।

साताको ५ दिन नै खुलेको बजार कारोवारको पहिलो दिन आईतबार नेप्से परिसूचक ११३९ दशमलव ५७ को विन्दुमा खुलेको थियो । साताको अन्तिम दिन बिहिबार सम्म आइपुग्दा नेप्से परिसूचक १११२ दशमलव ८७ को विन्दुमा बन्द भएको छ । यसको मतलव यो साता नेप्से परिसूचक २६ दशमलव ७० अंकले घटेको छ ।


यो साता ५ दिन मध्ये ४ कारोवार दिन नेप्से परिसूचक घटेको थियो भने एक कारोवार दिन मात्र नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको थियो ।

यो साता एभरेस्ट बैंक लिमिटेडको सस्थापक शेयर सर्वाधिक किन बेच भएको छ भने दोश्रोमा अपर तामाकोशीको शेयर किन बेच भएको छ ।

हेरौ यो साता सर्वाधिक शेयर कारोवार भएका १० कम्पनीहरु:

यो साता जानकी फाईनान्स, निर्धन उत्थान लघुवित्त, वेस्टर्न डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकको बोनस शेयर र एनसीसी बैंकको हकप्रद शेयर गरेर १ करोड ६२ लाख ७६ हजार २ सय ७७ कित्ता शेयर सुचिकृत भएको छ ।

आजको मिति सम्म सबै भन्दा ठुलो बजार पुँजीकरण भएको कम्पनीमा नेपाल टेलिकम परेको छ । दोश्रोमा नबिल बैंक लिमिटेड, तेश्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ भने नेपाल लाईफ चौथोमा पर्दछ ।
आज सम्म सर्वाधिक बजार पुँजीकरण भएका १० कम्पनीहरु:

अन्य परिसूचक:

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS