गुणस्तरिय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

डिश होम मिडिया नेटवर्क लिमिटडले “डिशहोम उज्वल भविष्य” कार्यक्रम सार्वजनिक गरेको छ ।

विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुको उज्जवल भविष्य लाई मध्यनजर गर्दै डिस होमले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो ।

डिशहोमले यस योजना अन्तरगत बर्दिया जिल्लाको गुलरिया स्थित, श्री त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको छ ।
गुलरीया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष र सम्पुर्ण सदस्यहरुको सहभागितामा कक्षा १ देखि ५ सम्मका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको हो ।

यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नं. ४ मा रहेको अमर सहिद श्री दशरथ चन्द उच्च माध्यामिक विद्यालय मा पनि शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ ।

ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य पुर्याई रहको डिशहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तिब्र रूपमा अगाडी बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार