SKIP THIS

Slicl

जनरल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १० करोड माथि

जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमास सम्ममा १० करोड ८१ लाख ६५ हजार  रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार उक्त अवधिमा ८ हजार ९ सय ८० बीमालेख जारी गरेको छ । यस्तै, ४० वटा दाबी वापत कम्पनीले १७ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४२ वटा दाबी वापत ७४ करोड ३४ लाख भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको जगेडा कोष १ करोड ५२ लाख रुपैयाँ रहेको छ । भने बीमा कोषमा १ करोड ६९ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म कम्पनीको खुद नाफा एक करोड २९ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ६० पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २१२ रुपैयाँ ७० पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार