Prabhu Life Ad Final

ब्लुक्रस अस्पतालमा मेगा बैंकका ग्राहक लाई विशेष छुट

IME PAY

मेगा बैंक नेपाल लिमिटेड र थापाथली स्थित ब्लुक्रस अस्पताल बीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता भए सँगै मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले काठमाडौँको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

मेगा बैंक नेपालका तर्फा बाट सिइओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका तर्फ बाट कार्यकारी ब्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

NCHL

मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता अनुसार मेगा बैंकका ग्राहकहरुले ब्लु क्रस अस्पतालमा इसीजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउण्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसैगरी, आइसीयू, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, मेगा बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्न परेमा अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x