IME Life

जागिर लम्बाउँने दाउँमा बीमा कम्पनीमा सिईओहरु

SPIL
NIC ASIA


बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतहरु आफनो जागिर लम्बाउँने दाउमा देखिएमा छन् । अर्थमन्त्रालयले संसदमा प्रस्तुत गरेका बीमा विद्येयक हालकै अवस्थामा पारित भएमा दुई कार्यकाल पुरा गरेको सिईओहरु पनि पुन नियुक्त पाउँनेछन् । अर्थात् एउटै कम्पनीमा सिईओहरु न्यूनत्तम ८ बर्ष जागिर खान पाउँनेछन् ।

अर्थमन्त्रालयले संसदमा प्रस्तुत गरेको बीमा विद्येयक कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकालको व्याख्या गरेको छ । जसमा प्रमुख कार्यकारी अधिकृत अधिकतम दुई अवधि (आठ बर्ष) को पदमा नियुक्त हुन पाउँने छन् । तर, यो व्यवस्था ऐन जारी भएपछि लागू हुने भनी उल्लेख गरिएको छ । अर्थात् हालका प्रमुख कार्यकारी अधिकृत ऐन जारी भएपछि पुन दुई कार्यकाल लागी नियुक्त हुन पाउँनेछन् ।
केही सिईओहरुले अर्थमन्त्रालयमा लबिङ्ग गरेर पुन नियुक्तको व्यवस्था गरेको स्रोतले बताएको छ ।

Prabhu
Crest

एउटै कम्पनीमा लामो समय देखि जागिर खाएका सिईओहरु

बीमा क्षेत्रमा सबैभन्दा लामो समयसम्म प्रमुख कार्यकारीको हैसियतमा जागिर खानेमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डे पर्छन् । उनी २०६१ सालमा साउन ८ गते कम्पनीको स्थायी कर्मचारी सहित प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । सुशासन जारी भएको लामो समयसम्म पनि उनी करारमा गएनन् । २०७३ साल कार्तिक ११ गते मात्रै उनी कम्पनीको करारमा नियुक्त भए । यसर्थ यो उनको पहिलो कार्यकाल हो । तर, उनी कम्पनीमा २०६१ साल देखि सिईओको रुपमा कार्यरत छन् ।

नेशनल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी बस्नेत २०६४ साल माघ १४ गते प्रमुखको रुपमा नियुक्त भएका हुन् । तत्कालीन समयमा उनी स्थायी कर्मचारी सहित कम्पनीको प्रमुख कार्यकारी नियुक्त भएका थिए । संस्थागत सुशासन जारी भएको चार महिना पछि उनी करारमा गए । २०६९ सालमा पुस ५ गते पहिलो कार्यकाल गणना हुने गरी प्रमुख कार्यकारी रुपमा नियुक्त भए ।

प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पनि २०६४ साल माघ २३ गते कम्पनीको स्थायी कर्मचारी सहित प्रमुख कार्यकारी प्रमुख अधिकृत रुपमा नियुक्त भएका हुन् । उनी पनि सुशासन जारी भएको लामो समयसम्म पनि करारमा गएनन् । उनले २०७० साल माघ १ गते मात्रै करारमा गए । र पहिलो कार्यकाल रुपमा नियुक्त भए । २०७४ मा मा उनी दोस्रो कार्यकालको लागी नियुक्त भएका छन् ।

प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय २०६८ साल मंसिर १ गते नियुक्त भएका हुन् । उनी करारमा कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका थिए । उनी २०७२ मंसिर १ गते दोस्रो कार्यकालका लागी नियुक्त भएका हुन् । अगामी मंसिर देखि उनको यो कार्यकाल पनि सकिदैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS