Prabhu Life Ad Final

एलआईसीको बीमा शूल्क २२ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ४८ अर्ब

IME PAY


चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीले ५ अर्ब ८१ करोड १३ लाख रुपैयाको बीमाशूल्क आर्जन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको बीमशूल्क आर्जन गरेको थियो । कम्पनीको बीमाशूल्क आर्जनमा २२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ७ करोड १७ लाख ८४ हजार २२० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ६.१८ प्रतिशतले ले धेरै हो । गत वर्ष यही त्रैमासमा कम्पनीले ६ करोड ७६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

NCHL

दोस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ७८ करोड २२ लाख ९० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २८.९९ प्रतिशतले धेरै हो । गतवर्ष लाइफ इन्सुरेन्स कर्पोरेसनले ४ अर्ब ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको थियो । कम्पनीले पुनर्बिमा कमिसनबाट ६२ लाख १६हजार ८१२ रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले १ अर्ब ४३ करोड ४९ लाख २७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम २ करोड ६३ लाख ८४ हजार रुपैयाँ छ । चुक्तापुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको लाइफ इन्सुरेन्स कर्पोरेसनको जगेडा कोषमा ५४ करोड ८१ लाख ५४ हजार ६१० रुपैयाँ छ ।

यसैगरी, जीवन बिमा कोषमा ४८ अर्ब ६८ करोड ७० लाख ५६ हजार १४२ रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x